सिन्धुपाल्चोकमा सबै स्वास्थ्यकर्मीको म्यादी जीवन बीमा

  • जेठ १०, २०७७ / "नेपाल रेखा"
alt

मेलम्ची । पूर्वमन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोकमा कार्यरत सम्पूर्ण स्वास्थ्यकर्मीको म्यादी जीवन बीमा गर्ने घोषणा गर्नुभएको छ ।

कोरोना सङ्क्रमणका कारण नेपालमै पहिलो व्यक्तिको मृत्यु सिन्धुपाल्चोकमै भएका कारण यहाँ कार्यरत स्वास्थ्यकर्मी पनि असुरक्षित रहेकाले उनीहरूको बीमा गरिदिने घोषणा पूर्वमन्त्री बस्नेतले गर्नुभएको काँग्रेसका युवानेता युधिर पौडेलले जानकारी दिनुभयो ।

बस्नेतले जिल्लाभर रहेका सरकारी अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्यचौकी, उपस्वास्थ्यचौकीमा कार्यरत चिकित्सकदेखि कार्यालय सहयोगीसम्मको सामूहिक म्यादी जीवन बीमा गरिदिनुहुने भएको हो । उहाँले केही दिनअघि कोरोनाका कारण मृत्यु भएकी सुत्केरीको नाबालक बच्चाको शिक्षा र लालनपालनको जिम्मा लिनुभएको थियो ।

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

उद्धार उडानको प्रतीक ...

रसुवाकाे गोसाईकुण्डबाट फर्किएर अलपत्र अवस्थाम ...

बाढीका पीडितलाई डब्ल ...

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले रसुवाक ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]