इटहरी अस्पतालले दिने सेवामा बृद्धि गर्न प्रदेश सरकारसँग बजेट मागियो

  • जेठ १, २०७७ / "नेपाल रेखा"
alt

इटहरी । इटहरी अस्पतालको सेवा स्तरोन्नतिका लागि प्रदेश सरकारसँग माग गरिएको छ ।
इटहरी उपमहानगरद्वारा संचालित इटहरी क्षेत्रको एक मात्र सरकारी स्वामित्वको इटहरी अस्पतालको सेवा स्तरोन्नती र सुदृढीकरणका लागि सामाजिक विकास मन्त्री जीवन घिमिरे समक्ष प्रदेश सासद लिलम बस्नेतको नेतृत्वमा गएको डेलिगेशन टोलीले माग पत्र पेश गरेको हो ।
इटहरी अस्पतालको ईमर्जेन्सी इन्चार्ज रामकुमार धमलाकाअनुसार आगामी आर्थिक बर्षको वजेटमा अस्पतालको अस्पतालको स्तरोन्नतीलार्ई समेट्न अनुरोध गरिएको छ । आगामी बर्षको बजेट डेढ करोड छुटयाइदिन अनुरोध गरिएको छ ।
मन्त्री घिमिरेले अस्पतालको विकास र स्तरोन्नतिको योजनालाई प्राथमिकतामा राखिने वताउनु भएको अस्पताल संचालक समितिका अध्यक्ष भुपेन्द्र बरालले बताउनुभयो । कोरोना संक्रमणको अहिलेको अवस्थामा समेत इटहरी अस्पतालले कोभिड–१९ को परीक्षण, फिभर क्लिनिक संचालन, क्वारेन्टाइन व्यवस्थापन, २४ सै घण्टा ईमर्जेन्सी र डेलिभरि सेवा लगायत स्वास्थ्य विमा सेवाहरु निरन्तर दिई रहेको छ ।
विरामीको चापलाई हेर्दा अस्पतालको स्तरोन्नती आवश्यक रहेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. मनिषकुमार शर्माले बताउनुभयो । डेलिगेशनमा प्रदेश सासद लिलम वस्नेत, अस्पताल सचालक समिति अध्यक्ष भुपेन्द्र वराल, संचालक समिति सदस्य संजिव खड्का, अस्पतालको निमित्त सुपरिटेन्डेन्ट डा मनिषकुमार शर्मा र ईमर्जेन्सी विभाग प्रमुख रामकुमार धमलाको सहभागीता थियो ।
चालु आर्थिक बर्षमा प्रदेश सरकार सामाजिक विकास मन्त्रालयबाट इटहरी अस्पताललाई औजार उपकरण सहित ३० लाख वजेट उपलब्ध भएको थियो । इटहरी अस्पतालमा गत साउन १५ गतेदेखि २४ सै घण्टा इमरजेन्सी सेवा समेत संचालित छ । इमरजेन्सी सेवाको सामाजिक विकास मन्त्री जीवन घिमिरेले उदघाटन गर्नुभएको थियो । उद्घाटनका अवसरमा उहाँले इटहरी अस्पतालको स्तरोन्नतीका लागि प्रदेश सरकारले कुनै कसर बाँकी नराख्ने बताउनुभएको थियो ।

मनकारी विद्यार्थीहरू ...

डि पी ढुंगेल मोरङ । रङ्गेली नगरपालिका–१ स्थित श्र ...

शव व्यवस्थापन गरिँदै ...

भोटेकोशी बाढीपछि खोजी तथा उद्धारका क्रममा भेट ...

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]