इन्टरनेटको पहँच नभएभछि स्थानीय रेडियोबाट अध्यापन शुरु

  • वैशाख ३०, २०७७ / "नेपाल रेखा"
alt

खलङ्गा । कोभिड–१९ को बन्दाबन्दिको कारण लामो समय सम्म विद्यायलहरुमा पठनपाठन गराउन सम्भव नभएपछि जुम्लाको चन्दननाथ नगरपालीकाले सोमवार देखी स्थानिय सामुदायीक रेडियो मार्फत जिल्लामा कक्षा सञ्चालन सुरु गरेको छ ।
बन्दाबन्दिले लामो समय देखी विद्यालयका पठनपाठन प्रभाबित हुनथालेपछि स्थानिय सामुदायिक रेडियोबाट पढाउन शुरु गरिएको नगरपालिकाका उपप्रमुख अप्सरादेवी न्यौपानेले बताउनु भएको छ ।

सवै स्थानियतहमा कुल १७० सामुदायीक विद्यालयहरु रहेको जुम्ला जिल्लामा चन्दननाथ नगरपालिकाले कक्षा ४ देखि कक्षा १० सम्मका बिद्यार्थीहरुका लागी रेडीया कक्षा सञ्चालनमा ल्याएको हो ।

सामुदायिक रेडियो कर्णाली एफएम, रेडियो नारी आवाज र रेडियो खुला आकाशबाट प्रत्येक दिन अनिवार्य अनिवार्य अङ्ग्रेजी, गणित, विज्ञान, नेपाली र सामाजिक विषयको र कक्षा सञ्चालनमा ल्याईएको पनि नगरपालिका शिक्षा तथा खेलकूद शाखाका प्रमुख खडानन्द चौलागाईँले जानकारी दिनुभएको छ ।

आठ स्थानिय तह रहेको जुम्ला जिल्लाको सबै स्थानिय तह ईन्टरनेटको पहँचमा नरहेकोले जिल्लामा अनलाईन अध्यापन कठिन रहेको तिला गाँउपालिका का अध्यक्ष रतननाथ योगीले बताउनु भएको छ ।

भेडेटार पार्क ...

पूर्वको प्रसिद्ध पर्यटकीयस्थल धनकुटाको भेडेटा ...

बिक्री गर्दै बाँसका ...

जनकपुरधाम उपमहानगरपालिका-६ पेठिया बजारमा बाँस ...

बूढीगण्डकी नदीकाे बा ...

बाढी आएपछि गोरखास्थित बूढीगण्डकी नदी आसपास क् ...

अस्पतालको गेटमै शिशु ...

इनरुवा । सुनसरीमा अस्पतालमा समयमा उपचार नपाएको आरोपपछि ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]