इटहरी । इटहरी उपमहानगरले गरेको बजार अनुगमनका क्रममा कमतौल र म्याद गुज्रिएका समान समेत बेच्न राखिएको पाइएको छ ।
उपप्रमुख लक्ष्मी गौतमको नेतृत्वमा उपमहानगरले खाद्यान्न पसलहरुमा गरेको बजार अनुगमनका क्रममा त्यस्तो पाइएको हो । उपप्रमुख गौतमका अनुसार पोका पोका बनाएर राखेका खाद्य सामाग्री जोखेर हेर्दा तौलमा कमि पाइएको हो । त्यस्तो समान विक्री वितरण नगर्न चेतावनी दिइएको पुनः विक्री गरेको पाइए कारवाही गरिने उहाँले बताउनुभयो ।
केही दिन यता देखि इटहरी क्षेत्रमा विहान ७ बजे देखि १० बजेसम्म पसल खोल्न थालिएको छ । इटहरी उपमहानगरले निरन्तर बजार अनुगमन गर्दै आएको छ । अनुगमनलाई निरन्तरता दिइने बताइएको छ ।