पूर्व प्रधानमन्त्री झलनाथ खनालद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

  • वैशाख २५, २०७७ / "नेपाल रेखा"
alt

इलाम । कोभिड–१९ को जोखिम हुन नदिन पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले आफ्नो गृह जिल्लाका लागि अत्यावश्यक स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको छ । क्षेत्र नम्बर १ का सङ्घीय सांसदसमेत रहनुभएका उहाँले जिल्ला समन्वय समिति (जिसस)ले पाउने गरी काठमाडौँमा बस्दै आएका नेकपा कार्यकर्ता मनिष लिम्बू र कुनाल राईलाई हस्तान्तरण गर्नुभएको हो ।

ती सामग्रीमा थर्मगन, स्यानिटाइजर, सर्जिकल मास्क, एन–९५ मास्क र पिपिइ सेट हस्तान्तरण रहेका छन् । यसभन्दा अघि क्षेत्र नं २ बाट निर्वाचित सङ्घीय सासंद तथा पूर्व सभामुख सुवास नेम्वाङले समेत कोरोनाविरुद्धको सामग्री हस्तान्तरण गर्नुभयो । जिल्लाबाट निर्वाचित अन्य सांसदले समेत राहत तथा स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै आएका छन् ।

मनकारी विद्यार्थीहरू ...

डि पी ढुंगेल मोरङ । रङ्गेली नगरपालिका–१ स्थित श्र ...

शव व्यवस्थापन गरिँदै ...

भोटेकोशी बाढीपछि खोजी तथा उद्धारका क्रममा भेट ...

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]