बलात्कार आरोपमा पक्राउ

  • वैशाख २३, २०७७ / "नेपाल रेखा"
alt

सप्तरी । एक १६ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । घटनास्थलबाटै गाउँलेले सप्तरीको राजगढ गाउँपालिका–४ छातापुरका २५ वर्षीय शम्भुकुमार रामलाई नियन्त्रणमा लिई प्रहरीमा बुझाएको सप्तरी प्रहरीले जनाएको छ । आरोपितलाई सुरक्षा बेसक्याम्प पत्थरगाढाको प्रहरीलाई जिम्मा लगाउनुअघि गाउँलेले रामलाई कुटपिटसमेत गरेका छन् ।

पीडितका बुबाले सोमबार जिल्ला प्रहरी कार्यालयमा दिएको उजुरी दर्ता गरी सप्तरी जिल्ला अदालतबाट म्याद थप गर्न लागिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताउनुभयो । प्रनाउ भारतीका अनुसार पीडितको सोमबार नै राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ ।

घरमा सुतिरहेका बेला आइतबार राति तीन जना प्रवेश गरेकामा अपरिचित दुई फरार भएको र आरोपितले बलात्कार गरेको पीडितले बताएकी छिन् । आरोपितले भने आपसी सहमतिमा भेंटघाट गर्न एक्लै गए पनि बलात्कार नगरेको बताएका छन् ।

बिक्री गर्दै बाँसका ...

जनकपुरधाम उपमहानगरपालिका-६ पेठिया बजारमा बाँस ...

बूढीगण्डकी नदीकाे बा ...

बाढी आएपछि गोरखास्थित बूढीगण्डकी नदी आसपास क् ...

अस्पतालको गेटमै शिशु ...

इनरुवा । सुनसरीमा अस्पतालमा समयमा उपचार नपाएको आरोपपछि ...

हुलाकलाई ‘सरकारी कुर ...

काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिना ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]