गाँजासहित पक्राउ

  • वैशाख २३, २०७७ / "नेपाल रेखा"
alt

काठमाडौँ । काठमाडौँ चन्द्रागिरिबाट गाँजासहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ । चन्दागिरि नगरपालिका ९ खबासबस्तीबाट अवैध लागुऔषध गाँजा एक किलो ३५० ग्रामसहित चार जनालाई आज प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा काठमाडौँ कीर्तिपुर नगरपालिका–५ का २३ वर्षीय रञ्जन विष्ट, कीर्तिपुर नगरपालिका–७ का २६ वर्षीय मिलन तामाङ, १९ वर्षीय सुनिल तामाङ र अर्का एक जना रहेको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ ।

महानगरीय प्रहरी प्रभाग मच्छेगाँउबाट खटिएको प्रहरीले उनीहरूलाई यसरी लागुऔषधसहित पक्राउ गरेको हो । उक्त घटनाको विषयमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको थानकोटका प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिनुभयो ।

बिक्री गर्दै बाँसका ...

जनकपुरधाम उपमहानगरपालिका-६ पेठिया बजारमा बाँस ...

बूढीगण्डकी नदीकाे बा ...

बाढी आएपछि गोरखास्थित बूढीगण्डकी नदी आसपास क् ...

अस्पतालको गेटमै शिशु ...

इनरुवा । सुनसरीमा अस्पतालमा समयमा उपचार नपाएको आरोपपछि ...

हुलाकलाई ‘सरकारी कुर ...

काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिना ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]