सर्लाहीको जङ्गलमा पासो थाप्दै गरेका तीन जना पक्राउ

  • वैशाख २२, २०७७ / "नेपाल रेखा"
alt

सर्लाही । सर्लाहीको जङ्गलमा पासो थाप्दै गरेका तीन जना पक्राउ परेका छन् । वाग्मती नगरपालिका–१० शङ्करपुरको जङ्गलबाट वन्यजन्तु मार्न पासो थाप्दै गरेका उनीहरू पक्राउ परेका हुन् हो ।

पक्राउ पर्नेमा वाग्मती नगरपालिका–४ का चन्द्रबहादुर ब्लोन, नगरपालिका–२ का सन्देश मोक्तान र त्यही वडाका भीमबहादुर डिमडुम रहेका छन् । जङ्गली वन्यजन्तु मार्न पासो थाप्दै गरेको अवस्थामा सव डिभिजन वन कार्यालय मूर्तियाबाट खटिएको सशस्त्र वन रक्षकको टोलीले उनीहरूलाई पक्राउ गरेको थियो ।

वन रक्षक टोलीलाई देखेर अन्य शिकारी भागेका छन् । सशस्त्र वन रक्षक टोलीले घटनास्थलबाट ठूलो परिमाणमा वन्यजन्तु मार्न प्रयोग गरिने पासो र बा ७० प ३५७८ नम्बरको पल्सर मोटरसाइकल बरामद गरेको छ । पक्राउ परेका तीनै जनालाई सव डिभिजन वन कार्यालय मूर्तियामा राखेर थप अनुसन्धान भइरहेको जनाइएको छ ।

लकडाउनको समयमा सर्लाहीको जङ्गलमा वन्यजन्तुको चोरी शिकार गर्ने क्रम बढेको स्थानीयवासीले जनाएका छन् । केही दिनअघि मात्र वन्यजन्तु मार्न हानेको भरुवा बन्दुकको गोली लागेर मूर्तिया जङ्गलमा दुई जना घाइते भएका थिए ।

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

उद्धार उडानको प्रतीक ...

रसुवाकाे गोसाईकुण्डबाट फर्किएर अलपत्र अवस्थाम ...

बाढीका पीडितलाई डब्ल ...

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले रसुवाक ...

प्रभावित जिल्लामा तत ...

काठमाडौँ । सरकारले आपत्कालीन व्यवस्थापनका लागि प्रभावित ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]