श्रमजीवि जनताका लागि राहत प्याकेज ल्याउन माग

  • वैशाख १९, २०७७ / "नेपाल रेखा"
alt

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले लकडाउनका कारण समस्यामा परेका निम्न वर्गीय श्रमजीवि जनताका लागि राहत प्याकेज ल्याउन सरकारको ध्यानाकर्षण गराएका छन् ।
अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शुभकामना सन्देश दिँदै प्रचण्डले भनेका छन्, दैनिक ज्याला गरेर जीविकोपार्जन गर्नुपर्ने राजधानी लगायतका बिभिन्न सहरमा रहेका निम्न वर्गीय श्रमजीवी जनताको खाद्यान्न लगायतको व्यवस्थापनमा आवश्यक राहत र विशेष सहयोगको प्याकेज निर्माण गर्न म सरकारको विशेष ध्यानाकर्षण गराउँदछु ।’
त्यस्तै उनले विश्वव्यापी महामारीका रुपमा देखा परेको कोभिड–१९ नामक घातक भाइरसको सामना गर्न सिङ्गो विश्व नै संघर्षरत रहेको र संसारभरका श्रमजीवि मजदूरहरुको रोजगारी गुमिरहेको पनि जनाएका छन् । उनले देशका विभिन्न भागहरुबाट आ–आफ्नो घर फर्किने क्रममा अलपत्र परेका मजदूर र अन्य जन–समुदायलाई सुरक्षितरुपमा गन्तव्यमा पु¥याउनु पर्ने कर्तव्य पनि स्मरण गराएका छन् । कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट बच्न सावधानी र चेतना अभिवृद्धि गर्न पनि अपिल गर्दै प्रचण्डले स्वदेश तथा विदेशमा रहेका श्रमजीवि जनसमुदायमा सु–स्वास्थ र प्रगतिको अपेक्षा सहित शुभकामना व्यक्त गरेका छन् ।
साथै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले लकडाउनका कारण अप्ठ्यारोमा परेका श्रमिकहरुका लागि राहतको व्यवस्था गर्न सरकारलाई आग्रह गरेका छन् ।
अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा एक शुभकामना सन्देश दिदै देउवाले भनेका छन्, ‘यो बेला श्रम गरेर गुजारा गर्ने श्रमिकहरुको जीवन खाद्यान्न लगायत अन्य अत्यावश्यक वस्तुको अभावमा अझ बढी कष्टकर हुन पुगेको छ । श्रमिकको यो कष्टकर जीवनका सम्बन्धमा नेपाली कांग्रेसले बारम्बार सरकारको ध्यानाकर्षण गराउँदै आएको छ । लक डाउनका कारण श्रमिकले कष्टकर स्थिति भोगिरहेका बेला उनीहरुलाई अभिलम्व राहतको व्यवस्था गर्न म सरकारसँग पुनः आग्रह गर्दछु ।’
त्यसैगरी अन्टुफ÷जिफन्ट इन्चार्ज जयपुरी घर्तीले पनि एक विज्ञप्ति जारी गर्दै अन्तर्राष्ट्रिय मजदुर दिवसको शुभकामना दिएकी छन् । साथै वैज्ञानिक समाजवादी कम्युनिष्ट नेपालका संयोजक आहुतीले पनि विज्ञप्ति जारी गरी मजदुर दिवसको शुभकामना व्यक्त गरेका छन् । यो दिवसका दिन मजदुर सम्बद्ध विभिन्न संघ संस्थाले संचारका विभिन्न माध्यमबाट शुभकामना व्यक्त गरेका छन् ।

तीव्र गतिको हावाहुरी ...

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्था ...

वागेश्वरी मन्दिर ...

बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-२ स्थित घरबा ...

एस.ई.ई. स्पिकर प्रति ...

धरान । र्याडिकल लाईट नेपाल प्रा.लि. धरानको आयोजनामा सञ् ...

सामाजिक सुरक्षा भत्त ...

सुनसरीको इनरुवा नगरपालिका–१ स्थित एनआईएमबी बैंकअग ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]