काठमाडौं/ कोरोनाको संक्रमण रोक्न सरकारले गरेको ‘लकडाउन’मा नेपाली सेलिब्रेटीहरु पनि घरभित्रै सीमित रहेका छन् ।
सेलीब्रेटीहरुको यो लकडाउनलाई आफ्नै शैलीमा उपयोग गरिरहेका छन् । यसैक्रममा अभिनेत्री रीमा विश्वकर्माले यो लकडाउनको अहिलेको अवधिसम्म शाकाहारी परिकार बनाउन सिकिसकेकी छन् ।
केही पहिले कालो चिया उमाल्न सिकेको कुरा सार्वजनिक गरेर ट्रोल तथा सामाजिक सञ्जाल प्रयोगकर्ताको शिकार हुन पुगेकी उनले हालै शाकाहारी तरकारी बनाउन सिकेको बताएकी हुन् ।
‘शाकाहारी तरकारीको साथमा जेरी समेत बनाउन थालेको छु’ रीमाले अगाडि भनेकी छन् ‘लकडाउन सकिदासम्म चौरासी व्यञ्जन बनाउन सिकिसक्छु ।’
आफ्नै युट्युव च्यानल मार्फत दर्शकसँग प्रश्न उत्तरमा जोडिने गरेकी रीमाले लकडाउनको समय घरको सरसफाइ गर्दापनि ब्यायम हुने बताएकी बताएकी छन् ।