कञ्चनरुपबाट ४३ जनाको स्वाब सङ्कलन

  • वैशाख १५, २०७७ / "नेपाल रेखा"
alt

सप्तरी । उदयपुर जिल्लाको त्रियुगा नगरपालिका वडा नम्बर–३ भुल्केमा फेला परेका सङ्क्रमित बसेको कञ्चनरुप नगरपालिकाको मस्जिद आसपास बसोबास गर्नेको स्वाब सङ्कलन गरिएको छ । नगरपालिका–१ वैरवा र २ बरमझियास्थित मस्जिदसँग प्रत्यक्ष सम्बन्धित ३४ जना र नगरपालिकाद्वारा सञ्चालित क्वारेन्टाइनमा बसेका नौ जना गरी ४३ जनाको स्वाब सङ्कलन गरिएको नगरपालिका स्वास्थ्य शाखाका वरिष्ठ अधिकृत डम्बरप्रसाद गुप्ताले जानकारी दिए । क्वारेन्टाइनमा बसेका नौ जना भारतबाट आएका स्थानीयवासी हुन् । क्वारेन्टाइनमा रहेका बाँकी २२ जनाको आइतबार आरडिटी गरिएको छ ।

स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले पिसिआर विधिबाट परीक्षण गर्न स्वाब सङ्कलन तीव्र बनाएको छ । सप्तरीको बोदे बर्साइनबाट पनि १६१ को स्वाब सङ्कलन गरिएको थियो । कञ्चनरुपमा स्वाब सङ्कलन गरेपछि विज्ञ प्राविधिकको टोली स्वाब सङ्कलन गर्न सप्तकोशी नगरपालिका–१ फत्तेपुर पुगेको छ ।

उदयपुरको सीमामा रहेको फत्तेपुरमा १०० को स्वाब सङ्कलन गर्ने लक्ष्य रहेको टोलीमा सहभागी महाशाखाका फणीन्द्र ज्ञवालीले बताए । यसअघि सप्तकोशी नगरपालिकाको वडा नम्बर १, २ र ४ मा १७१, कञ्चनरुप नगरपालिका २ र १२ मा ६६ को आरडिटी गरिएको थियो ।

मनकारी विद्यार्थीहरू ...

डि पी ढुंगेल मोरङ । रङ्गेली नगरपालिका–१ स्थित श्र ...

शव व्यवस्थापन गरिँदै ...

भोटेकोशी बाढीपछि खोजी तथा उद्धारका क्रममा भेट ...

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]