इटहरी/ इटहरी उपमहानगरपालिकाको राहत वितरण कार्यक्रमलाई प्रभावकारी बनाउन राजनितिक दलहरुले नियमन र अनुगमन गर्ने भएका छन् ।
इटहरीमा क्रियाशिल राजनीतिक दलहरुका बिचमा सर्वदलिय संयन्त्र बनाई स्थानीय सरकारलाई कोभिड १९ का बिरुद्ध लड्न आवश्यक सल्लाह र र नीति बनाउन समेत सहयोग गर्न दलहरु त्यार भएका छन् ।
कोरोना भाईरस( कोविड १९)का कारण समस्यामा परेका विपन्न परिवारलाई राहत वितरण गर्दा केही समस्या देखिएको भन्दै, वितरण प्रणालीलाई थप व्यवस्थित बनाउन आवश्यक रहेकाले सवैदलिय संयन्त्र मार्फत काम गर्न सहमति जुटेको हो ।
संवाद समुह सनुसरीले आयोजना गरेको अनलाईन संवादमा सहभागी दलका प्रमुखहरुलदे हरुले कठिन समयमा प्रदान गरिने राहतलाई सहि ढंगबाट वितरण गर्न इटहरी उपमहानगरापलिकासँगै सहकार्य गर्ने बताएका छन् ।
उपमहनगरपालिकाले पहिलो चरणमा राहत वितरण गर्दा, वास्तविक विपन्न सम्म पुग्न नसकेको, धनीव्यक्तिहरुले राहत लिएको, मतदाता फाकाउने ढंगबाट वितरण भएको भन्दै चौतर्फी आलोचना भईरहेको थियो ।
अनलाईन संवादमा बोल्दै नेपाली काँग्रेसका नगर सभापति हेमकर्ण पौडेलले आफुहरु सहकार्य गर्न तयार भएको बताए ।
उनले अहिले भोटको राजनीति भन्दा मानिविय सं्रवेदनालाई बुझेर काम गर्नु पर्ने बताए । उनले भने,‘ठूलो दलका हिसाबले नेकपाले पहिले नै पहल थाल्नु पथ्र्योेे ढिलै भएपनि सहमतिका लागि बाटो खुल्ला भएको छ ।
इटहरीमा मेयर उप मेयर नेकपाको दलबाट भएकाले नेकपाले नै सहकार्यको बाताबरण बनाउनु पर्नेमा जोड दिए । सभापति पौडेलले यसरी बनेको सवैदलिय संयन्त्रले स्थानीय तहलाई कमजोर नभइ बलियो बनाउन काम गनुर्् पर्ने बताए ।
लोकतन्त्रमा स्थानीय सरकार बलियो हुनुपर्छ । स्थानीय सरकार मार्फत हुने कामको आवश्यक निती निर्माण अनुगमन र सहयोग गर्नका लागि सर्वदलिय संयन्त्र बनाएर काम गर्नु पर्ने उनले बर्ता ।
नेकपाका नगर इन्र्चाज राज कुमार गिरीले यो बेलामा दलहरु भिडेर नभइ जुटेर कोरोना विरुद्धको लडाँइमा होमिनु पर्ने बताए । उनले नेकपाले सर्वदलिय संयन्त्र बनाइ काम थाल्न अगुवाई गर्ने र यसमा अन्य दलहरुले साथ दिनु पर्ने बताए ।
उनका अनुसार स्थानीय सरकारलाई बलियो बनाइ राहत वितरण, उपचार तथा आपूर्ती व्यबस्था चुस्त बनाइ काम गर्न दलहरु एक भएको बताए । विगतबाट पनि यो पाठ सिकेको भन्दै उनले दलहरु एक एकै ठाउँमा उभिनुपर्ने बेला आएको बताए । नेकपाका इटहरी अध्यक्ष बहादुर सिंह तामांग ‘ज्वाला’ले अहिले पनि स्थानीय तहलाई काम गर्न समस्या भएकोले दलहरुले आवश्यक सहयोग र साथ दिनु पर्ने बताए ।
उनले भने,‘आवश्यक निती निर्माण गर्न सल्लाह सुझाब दिन र भइरहेको कामको अनुगमन र नियमन गर्न सर्वदलिय संयन्त्रको आवश्यकता छ । त्यो आवश्यकता पूरा गर्न दलहरुका बिचमा नितीगत सहमित आवश्यक छ । उनले सहमति अनुसार चाँडै संयन्त्र बनाई राहत वितरण, लगायतका भोलिका दिनमा आइपर्ने चुनौती सामना गर्न दलहरु तयार हुनु पर्छ ।
अनलाईन संवादमा बोल्दै जनता समाजवादी पार्टीका तर्फबाट बोल्दै डिल्ली सुब्बाले पनि मतदाता रिझाउने शैलीमा पहिलो चरणको राहत वितरण भएको भन्दै दोस्रो चरणको राहत वितरणको शैली परिवर्तन गर्नुपर्ने औंल्याए । यसका लागि दलहरुले सँगै मिलेर काम गर्नु पर्ने बेला आएको र आप्mनो दल तयार रहेको बर्ता ।
नेपाली कांग्रेससका सह सभापति कोवितजंग कार्कीले नेपाली काँग्रेसले पहिलो चरणमै राहतका लागि चामल उपलब्ध गराएर सहयोग गरेको बताए । दोस्रो चरणमा पनि सहयोग निरन्तर रहने प्रतिवद्धता जनाए ।
उनले पहिलो चरणको राहत वितरण सोचे अनुरुप नदेखिएको भन्दै यसको प्रकृया बदल्नुपर्ने बताए । यसका लागि उपमहानगरपालिकासँग सहकार्य गरेर दलहरुले सहयोग गर्ने समेत बताए । -सञ्चारपाटीबाट