इटहरी । कस्यप गोत्रीय अधिकारी बंसज प्रतिष्ठानको सातौं वार्षिकोत्सव र जिल्ला अधिवेशन आयोजना गरेको छ । उक्त कार्यक्रममा प्रतिष्ठानका केन्द्रीय अध्यक्ष नरेन्द्रकुमार अधिकारी, प्रमुख अतिथी, र अन्य विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो ।कार्यक्रमको उद्घाटन केन्द्रीय अध्यक्ष नरेन्द्रकुमार अधिकारी र महासचिव चिरञ्जिवी अधिकारीसँगै पूर्व जिल्ला अध्यक्ष प्रदीप अधिकारीको शुभकामना मन्तव्यबाट गरिएको थियो । कार्यक्रमको शुभारम्भ पानसमा बत्ती बालेर गरियो ।समारोहको एक विशेष आकर्षण भनेको बंशका जेष्ठ नागरिक सम्मान वितरण थियो, जसमा ९० वर्षका इटहरी–२ बेलगाछी निवासी रनबहादुर अधिकारी खत्रीलाई वंशजको जेष्ठ
उर्लाबारी । मोरङको उर्लाबारीस्थित आम्बारीमा लिम्बू समुदायको मुख्य पर्ब चासोक तङ्नामको तयारी सुरु गरिएको छ । प्रत्येक वर्षको धान्य पूर्णिमा दिन लिम्बू समुदायले न्वागी पर्वका रुपमा चासोक तङ्नाम मनाउँदै आएका छन् । चासोक पर्बको अबसरमा आम्बारीमा मंसिर ३० ५ दिने साँस्कृतिक कार्यक्रम सहित महोत्सवको आयोजना गरिने किराँत याक्थुम चुम्लुङ उर्लाबारीका अध्यक्ष बानु सुब्बाले बताउनुभयो । खेती प्रणालीको विकासदेखि लिम्बु समुदायले चासोक तङ्नाम पर्व मनाउँदै आएका छन् । धान पाक्न थालेसँगै थन्क्याउने समयभरि यो चाड मनाइन्छ । चासोक तङ्नामका बेला थान थापेर प्रकृतिदेवीलाई पुकार्दै नयाँ अन्नबाली पुजिन्छ । सारमा, बाली उब्
काठमाडौँ । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ दिइँदैछ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व मङ्गलबारदेखि सुरु भएको हो । ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रोपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफलहोस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो । त्यस समयमा पाण्डव विराट राजाको दरबारमा बास बसेको उल्लेख छ । लोक कथनबमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो । सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्
काठमाडौँ । नेपाल संवत् ११४५ सुरु भएको छ । शनिबार यस संवतलाई हाल नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ (इ सं ८८०) मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवतको सुरुआत गराउनुभएको थियो ।पृथ्वीनारायण शाहको शासनकालसम्म नेपाल संवतले राष्ट्रिय संवतको मान्यता पाएको लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति डा त्रिरत्न मानन्धरले जानकारी दिनुभयो ।“लिच्छविकालका राजा राघवदेवको शासनकालबाट सुरु भएको नेपाल संवत् पृथ्वीनारायण शाहको शासनकालसम्म मौलिक संवतका रुपमा चलेको थियो, लिच्छविकालअघि शक संवत् प्रचलनमा थियो, नेपाल देशको नामबाट राखिएकाले यो मौलिक सं
काठमाडौँ । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने हिन्दूहरुको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि विधिवत् रुपमा आरम्भ हुँदैछ । बिहान ११ः०१ बजेसम्म द्वादशी र त्यसपछि त्रयोदशी तिथि लाग्ने भएकाले आजदेखि तिहार सुरु भएको हो । बिहान ११ः०१ बजेपछि कार्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आज धनतेरस अर्थात् धनत्रयोदशी पर्व मनाउनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । यस वर्ष यमदीपदान भने भोलि अर्थात् बुधबारदेखि सुरु हुनेछ । काग तिहार पनि कात्तिक १४ गते बुधबार नै परेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिनुभयो । बिहान त्रयोदशी परेका दिन धनतेरस अर्थात् धनत्र
विराटनगर । विराटनगर–१० सनसारीमाईस्थानस्थित भीमसेन मन्दिर सेवा समितिको आयोजनामा मंगलबार भीमसेनजात्रा निकालिएको छ ।मन्दिर परिसरमा आयोजित कार्यक्रममा कोशी प्रदेशका पर्यटनमन्त्री सदानन्द मण्डलले भीमसेनको मूर्तिमा पूजापाठ गरेर जात्राको शुभारम्भ गरेका थिए । मन्दिर परिसरबाट झ्याँकीसहित निकालिएको भीमसेनजात्रा ट्राफिकचोक, महेन्द्रचोक, शनिमन्दिर, भृकुटीचोक, डिएसपी रोड हुँदै अतिथिसदन, जलजलाचोक, बुधहाटचोक, रेम्बो गल्ली हुँदै झिः पुचमा पुगेर समानपन भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मण्डलले नेपाल बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक मुलुक भएको बताए । उनले नेपालमा बसोबास गर्ने सबै जातजातिक
चन्दन रौनियार दुहबी । सुनसरीको दुहबीमा कृष्ण जन्माष्टमी महोत्सवको तयारी सुरु भएको छ ।बुधबार दुहबीको कृष्ण मन्दिरमा पत्रकार सम्मेलनको आयोजना गरी दुहबीमा भदौं १० गते हुन लागेको कृष्ण जन्माष्टमी महोत्सवको तयारी सुरु गरेको कृष्ण जन्माष्टमी पुजा तथा मेला महोत्सव समिति अध्यक्ष पंकज हलुवाइले जानकारी दिए । दुहबी साविक वडा नम्बर ९ हालको वडा नं. ६ मा प्रत्येक बर्ष मनाउँदै आएको कृष्ण जन्माष्टमी महोत्सब यस वर्ष पनि मनाउनका लागि एक महिना अघि देखि राधा कृष्ण मन्दिर दुहबीका मूल समिती तयारीमा जुटेको पत्रकार सम्मेलनमा बताइयो । कृष्ण जन्माष्टमी महोत्सवलाई सफलता पूर्वक सफल बनाउनका लागि २ सय १ जनाको मूल समिती, १
इटहरी / २०८१ भदौ १ आज इटहरीमा रिचा काफ्ले युटुब च्यानलमार्फत सार्वजनिक गरिएको ‘मसिनो खाउँला, सुकिलो लाउँला’ बोलको तीज गीतले नेपाली समाजको मौलिक स्वरूप समेटेको भन्दै प्रशंसा गरिएको छ । गायक तथा सङ्गीतकार दुर्गा पराजुलीको सभापतित्वमा भएको लोकार्पण समारोहमा बोल्ने वक्ताहरूले तीज गीतका नाममा अश्लील शब्दहरू राखेर नाच्ने, गाउने विकृत परम्परा सुरु भएकोमा चिन्ता व्यक्त गरे । उनीहरूले त्यस्ता विकृतिविरुद्ध प्रहार गर्दै कवि गणेश खड्काको रचना, ऋचा काफ्लेको स्वर तथा दुर्गा पराजुलीको सङ्गीतमा सिर्जना गरिएको ‘मसिनो खाउँला, सुकिलो लाउँला’ बोलको गीतले नेपाली संस्कृतिप्रति जागरण ल्याउ
काठमाडौँ । आज साउनको अन्तिम सोमबार पशुपतिनाथसहित देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । पशुपतिनाथमा बिहान ४ बजेदेखि आएका दर्शनार्थी तथा बोलबम यात्रामा निस्केका एक लाख १५ हजार भक्तजनले दिउँसो १२ बजेभित्र दर्शन गरेको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिनुभयो ।अन्य दिनको तुलनमा आज दर्शनार्थीको घुइँचो बढेपछि सुरक्षाकर्मी एवं स्वयम्सेवक खटाइएको विकास कोषले जनाएकोछ । भक्तजनको सहजताका लागि बिहानैदेखि मन्दिरका चारै ढोका खुला गरिएको छ । दर्शनार्थीका सुरक्षाका लागि स्वयंसेवक परिचालन, दर्शन सहजीकरण, स्वास्थ्य शिविर, खाने पानीलगायत व्यवस्थापन गरिएको प्रवक्ता अध
ताप्लेजुङ । एक वर्षको अवधिमा दुई लाख ३१ हजार तीन सय ३४ भक्तजनले पाथीभरा देवीको दर्शन गरेका छन् । पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङका अनुसार आव २०८०÷८१ को असारमा मात्र दुई हजार सात सय ५६ जनाले देवीको दर्शन गरेका हुन् । आवको २०८०–८१ पहिलो महिना अर्थात् गत साउनामा एक हजार एक सय २२ तीर्थयात्रीले पूजापाठ गरेका थिए । यसैगरी भदौमा पाँच हजार, असोजमा १० हजार तीन सय ४३ जनाले पाथीभरामा पुगेर पूजापाठ गरेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।पाथीभरामा विशेषगरी बडादसैँ र वसन्त ऋतुको समयमा भक्तजनको चाप बढ्ने गरेको देखिन्छ । बडादसैँपछि चैतेदसैँ (रामनवमी)का समयमा