संस्कृति

    Showing २१-३० of १०५ items.
  • तीज गीतमा बढ्दो अश्लीलताविरुद्ध ‘मसिनो खाउँला सुकिलो लाउँला’

    इटहरी / २०८१ भदौ १ आज इटहरीमा रिचा काफ्ले युटुब च्यानलमार्फत सार्वजनिक गरिएको ‘मसिनो खाउँला, सुकिलो लाउँला’ बोलको तीज गीतले नेपाली समाजको मौलिक स्वरूप समेटेको भन्दै प्रशंसा गरिएको छ । गायक तथा सङ्गीतकार दुर्गा पराजुलीको सभापतित्वमा भएको लोकार्पण समारोहमा बोल्ने वक्ताहरूले तीज गीतका नाममा अश्लील शब्दहरू राखेर नाच्ने, गाउने विकृत परम्परा सुरु भएकोमा चिन्ता व्यक्त गरे । उनीहरूले त्यस्ता विकृतिविरुद्ध प्रहार गर्दै कवि गणेश खड्काको रचना, ऋचा काफ्लेको स्वर तथा दुर्गा पराजुलीको सङ्गीतमा सिर्जना गरिएको ‘मसिनो खाउँला, सुकिलो लाउँला’ बोलको गीतले नेपाली संस्कृतिप्रति जागरण ल्याउ

    • प्रकाशित मितिः भदौ १, २०८१
    • ५६८ पटक पढिएको
    • नेपाल रेखा
  • एक लाख बढीले गरे पशुपतिनाथको दर्शन

    काठमाडौँ । आज साउनको अन्तिम सोमबार पशुपतिनाथसहित देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । पशुपतिनाथमा बिहान ४ बजेदेखि आएका दर्शनार्थी तथा बोलबम यात्रामा निस्केका एक लाख १५ हजार भक्तजनले दिउँसो १२ बजेभित्र दर्शन गरेको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिनुभयो ।अन्य दिनको तुलनमा आज दर्शनार्थीको घुइँचो बढेपछि सुरक्षाकर्मी एवं स्वयम्सेवक खटाइएको विकास कोषले जनाएकोछ । भक्तजनको सहजताका लागि बिहानैदेखि मन्दिरका चारै ढोका खुला गरिएको छ । दर्शनार्थीका सुरक्षाका लागि स्वयंसेवक परिचालन, दर्शन सहजीकरण, स्वास्थ्य शिविर, खाने पानीलगायत व्यवस्थापन गरिएको प्रवक्ता अध

    • प्रकाशित मितिः साउन २८, २०८१
    • ३४७ पटक पढिएको
    • नेपाल रेखा
  • दुई लाख ३१ हजार भक्तजनद्वारा पाथीभरा देवीको दर्शन

    ताप्लेजुङ । एक वर्षको अवधिमा दुई लाख ३१ हजार तीन सय ३४ भक्तजनले पाथीभरा देवीको दर्शन गरेका छन् । पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङका अनुसार आव २०८०÷८१ को असारमा मात्र दुई हजार सात सय ५६ जनाले देवीको दर्शन गरेका हुन् । आवको २०८०–८१ पहिलो महिना अर्थात् गत साउनामा एक हजार एक सय २२ तीर्थयात्रीले पूजापाठ गरेका थिए । यसैगरी भदौमा पाँच हजार, असोजमा १० हजार तीन सय ४३ जनाले पाथीभरामा पुगेर पूजापाठ गरेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।पाथीभरामा विशेषगरी बडादसैँ र वसन्त ऋतुको समयमा भक्तजनको चाप बढ्ने गरेको देखिन्छ । बडादसैँपछि चैतेदसैँ (रामनवमी)का समयमा

    • प्रकाशित मितिः साउन ४, २०८१
    • २४९ पटक पढिएको
    • नेपाल रेखा
  • बालसन्तद्वारा विराटनगरको सिद्धेश्वर महादेव मन्दिर र सामुदायिक भवनको उद्घाटन

    विराटनगर । विराटनगर–३ मा स्थापित गरिएको सिद्धेश्वर महादेव मन्दिर तथा सामुदायिक भवनको उद्घाटन गरिएको छ । बालसन्त मोहनशरण देवाचार्यले शुक्रबार उक्त मन्दिर तथा सामुदायिक भवनको उद्घाटन गर्नुभएको हो ।भारतको नर्मदा नदीबाट प्राकृतिक शिबलिङलाई स्थापित गरिएको छ । तीन दिन सम्म ७ जना पण्डितहरुले होम होमादी गरी प्राणप्रतिष्ठा गरिएको मन्दिर तथा सामुदायिक भवनका अध्यक्ष रामप्रसाद घिमिरेले जानकारी दिनु भएकोछ ।वि.स.२०७९ सालमा माघमा बालब्यास पं.कपिलदेव चालिसेद्वारा वाचन गरी भएको श्रीमद्भागवत् महापुराणवाट संकलित रकमबाट मन्दिर तथा सामुदायिक भवन बनेको हो ।यो मन्दिर विराटनगरका लागि नौलो पनि रहेको छ । मन्दिरको

    • प्रकाशित मितिः असार २९, २०८१
    • २२४ पटक पढिएको
    • नेपाल रेखा
  • चलचित्र ‘खोक्पा’ र ‘बाध्यता’को वनभोज

    धरान । पछिल्लो समय लिम्बू संस्कार र संस्कृतिलाई संरक्षण गर्न पूर्वमा रहेका लिम्बू चलचित्रकर्मीहरुले छोटा लिम्बू चलचित्रहरु निर्माणमा तिव्रता दिन थालेका छन् । लिम्बु जातिको रहनसहन संस्कृतिलाई देखाउन, लिम्बुहरुको बिभिन्न संस्कारहरु बिहे, मृत्यु बिभिन्न बिधीहरुलाई आधार मानेर सर्ट मुभी निर्माण भैरहेका छन् । यसैक्रममा लिम्बुहरुको बिहेको संस्कारसँग जोडिएको सर्ट मुभी खोक्पा पनि निर्माण गरेर पहिलो शो, केही समय अघी कोशी प्रदेश सरकारले आयोजना गरेको ’चलचित्र महोत्सव’ मा प्रदर्शन गरेर दर्शकहरुको माया पाइसकेको छ । लिम्बू जातिमा छोरी चेली विवाह गरेर गएपछि रीतिरिवाज अनुसार कोसेली बुझ्नुलाई खोक्पा

    • प्रकाशित मितिः असार ९, २०८१
    • २९९ पटक पढिएको
    • नेपाल रेखा
  • वार्षिक पुण्य तिथिमा विद्यार्थीको स्वास्थ्य परीक्षण

    इटहरी । इटहरी वडा नं. १ मा सञ्चालित राष्ट्रिय माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक एवम् अक्षयकोष दाता स्व. लोकेन्द्रप्रसाद अधिकारीको वार्षिक पुण्य तिथिको अवसरमा बुधबार विद्यार्थीको स्वास्थ्य परीक्षण गरिएको छ। स्वर्गीय अधिकारीको परिवारका तर्फबाट विद्यालयमा अध्ययनरत बालबालिकाहरुका लागि बाल रोग तथा दन्त रोग शिविर आयोजना गरिएको हो । जसमा ८२ जना बाल रोगी र १३१ जना दन्त रोगीहरुको स्वास्थ्य परीक्षण सम्पन्न गरियो । स्वर्गीय अधिकारीका धर्मपत्नी दूर्गादेवी अधिकारी, छोरा नवराज अधिकारीलगायत अधिकारी परिवारको अगुवाईमा शिविर आयोजना भएको विद्यालयका सहायक प्रधानाध्यापक लक्ष्मी सुवेदीले बताए।

    • प्रकाशित मितिः जेठ ३०, २०८१
    • २९२ पटक पढिएको
    • नेपाल रेखा
  • १२ बर्षे पिण्डेश्वर पूर्ण महाकुम्भको तयारी पूरा, दुई करोड वढि भक्तजन सहभागि हुने अनुमान

    कुमोद अधिकारी विराटनगर । सुनसरी जिल्लाको वराहक्षेत्र नगरपालिका–१ स्थित चतराधाममा आयोजना हुन लागेको बाह्रवर्से पिण्डेश्वर पूर्ण महाकुम्भ मेलाको सम्पूर्ण तयारी पूरा भएको छ ।महाकुम्भ मेला आयोजक समितिका अनुसार कोशी किनार स्थित चतराधाममा यहि चैत–२७ गते देखि वैसाख–२८ गतेसम्म एक महिना महाकुम्भ मेला आयोजना हुदैछ ।महाकुम्भ मेला स्थलमा आवास गृह, स्नान गृह, यज्ञ मण्डल तथा ठुलाठुला पण्डालहरुको निर्माणका साथै सडक, विजुली वत्ती तथा खानेपानी जडानको काम सम्पन्न भएको छ । भक्तजनहरुको सहजताका लागि आवासको व्यवस्था निःशुल्क भोजन, पाँच स्थानमा सवारी पार्किङको व्यवस्था, ठुलो संख्यामा मेलामा सहभागित

    • प्रकाशित मितिः चैत २५, २०८०
    • ३२१ पटक पढिएको
    • नेपाल रेखा
  • प्राचिन हरिद्धार चतरामा संकटमोचन श्रीहनुमद् महायज्ञ तयारी अन्तिम चरणमा

    चतरा । प्राचिन हरिद्धार चतरामा लाग्ने महाकुम्भ महोत्सवको अवसर पारेर जगदगुरु श्रीरामानन्दचार्य सेवा पिठ चतराधाममा आयोजना गरिने संकटमोचन श्रीहनुमद् महायज्ञ लगायतको तयारी अन्तिम चरणमा पुगेको छ । कुम्भ मेलाको समयमा नजिकीसंगै जगदगुरु श्रीरामानन्दचार्य सेवा पिठ चतराधाममा आयोजना गरिने संकटमोचन श्रीहनुमद् महायज्ञ लगायतको तयारी अन्तिम चरणमा पुगेको हो ।जगदगुरु श्रीरामानन्दचार्य सेवा पिठ चतराधाममा रहेको हनुमान मन्दिर प्राङगणमा आयोजना गरिने संकटमोचन श्रीमनुमद् महायज्ञ लगायतका धार्मिक कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको पिठमा उपाध्यक्ष गोविन्दबाबु तिवारीले जानकारी गराए । उनले एघार दिवसीय हनुमद् महायज्ञ,

    • प्रकाशित मितिः चैत २२, २०८०
    • २२४ पटक पढिएको
    • नेपाल रेखा
  • पाँच हजार भन्दा बढी ध्यान गर्दै लुम्बिनीमा

    लुम्बिनी । बुद्धको जन्मस्थल लुम्बिनीमा १७ गतेदेखि सुरु भएको ऐतिहासिक ‘विराट चक्र विज्ञान’ कार्यक्रमको तेस्रो दिन पाँच हजार २ सय सहभागीले मणिपुर चक्र सक्रिय बनाउने विधि र अभ्यास गरेका छन् । अन्तर्राष्ट्रिय ध्यान कक्षमा जारी सातदिने विराट चक्र विज्ञानमा जीवन विज्ञान प्रतिष्ठानका संस्थापक एवं जीवन विकास विशेषज्ञ श्रद्धेय गुरुदेवद्वय रमेश नेपाल र एल पि भानु शर्माले मणिपुर चक्रले मानिसको शरीरमा पार्ने प्रभावका बारेमा सैद्धान्तिक तथा व्यवहारिक ज्ञान दिदै त्यसलाई सक्रिय र सन्तुतिल बनाउने विधिहरूको प्रयोग र अभ्यास गराउनु भएको हो । विराट चक्र विज्ञानमा सहभागीले तीन दिनमै आफ्नो स्वास्थ्य र स

    • प्रकाशित मितिः चैत १९, २०८०
    • २३२ पटक पढिएको
    • नेपाल रेखा
  • ‘सहिद सप्ताह’मा सहिद स्मृति आवाशीय विद्यालयमा विविध कार्यक्रम

    इटहरी । सुनसरीको इटहरी–१९ मा रहेको सहिद स्मृति आवाशीय माध्यमिक विद्यालयमा सहिद सप्ताहको उद्घाटन गर्दै विविध कार्यक्रम गरिएको छ ।नेकपा (माओवादी केन्द्र) प्रदेश १ को आयोजनामा सोमबारभएको कार्यक्रममा विद्यालयका १२ जना विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरियो । कक्षा १ देखि १२ सम्मका कक्षा प्रथम विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको विद्यालय व्यवस्थापन समिति सदस्य रामबहादुर कार्कीले जानकारी दिए ।त्यसैगरि, विद्यालय परिसरमा निर्माण गरिएको दुई तले चार कोठे अतिथि आवास गृहको पनि उद्घाटन गरिएको छ । यो भवनलाई ‘पोष्ठबहादुर स्मृति भवन’ नाम दिइएको छ । साथै भ

    • प्रकाशित मितिः फागुन १४, २०८०
    • १६७ पटक पढिएको
    • नेपाल रेखा

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]