पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट मङ्गलबार बिहान चीनको ल्हासा जान लागेको हिमालय एयरलाइन्स र मौसम खुलेसंँगै देखिएको माछापुच्छ्रे हिमाल । तस्बिर- राधिका कँडेल - रासस
सुनसरीको इनरुवा नगरपालिका-३ मा जुटकाे सन्ठी ठेलामा राखेर घरतर्फ लैजाँदै किसान । सन्ठी गुइँठा बनाउन तथा धेराबेरामा प्रयोग गर्ने गरिन्छ । तस्बिर - नवीन गड्ताैला-रासस
सुनसरीको इनरुवा नगरपालिका-४ स्थित सिद्धार्थ आधारभूत विद्यालयको गेट बिहीबार १० बजिसक्दा पनि नखुलेपछि विद्यालय प्रवेशको पर्खाइमा विद्यार्थीहरु । तस्बिर - नवीन गड्तौला
म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा नवनिर्वाचित डा महावीर पुन सोमबार पोखराको पृथ्वीचोकमा आफ्नो पुस्तक बिक्रीवितरण गर्नुहुँदै । तस्बिर कृष्ण दवाडी-रासस
प्रतिनिधिसभा सदस्य निर्वाचनमा म्याग्दीबाट निर्वाचित हुनुभएका स्वतन्त्र उम्मेदवार डा महावीर पुन निर्वाचित भएको प्रमाणपत्रको साथमा । तस्बिर- कमल खत्री-रासस
प्रधानमन्त्री सुशीला कार्की आज काठमाडौँको टोखा नगरपालिका धापासीस्थित मतदान केन्द्रमा मतदान गर्नुहुँदै । तस्बिर सौजन्य- प्रधानमनत्रीको सचिवालय -रासस
सुनसरीको कोशी गाउँपालिका-१ स्थित लौकही सीमा नाका क्षेत्रमा संयुक्त गस्ती गर्दै सशस्त्र प्रहरी र भारतीय एसएसबी बल । निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै फागुन १८ गते राति १२ बजेदेखि फागुन २१ गते राति १२ बजेसम्मका लागि जिल्लास्थित सीमा नाकाहरु बन्द गरिएको छ । तस्बिर- नवीन गड्तौला-रासस
सुनसरीकाे इनरुवास्थित भगवती माविमा साेमबार निर्वाचन क्षेत्र नं २ र ४ काे विभिन्न मतदान केन्द्रका लागि निर्वाचन सामग्री बुझेर लैजाँदै कर्मचारी । तस्बिर - नवीन गड्तौला
सुनसरीको इनरुवा नगरपालिका-१ स्थित भगवती माविमा आइतबार जिल्लाका निर्वाचनस्थलमा पठाइने मतदाता नामावली व्यवस्थापन गर्दै कर्मचारी । जिल्लाकाे निर्वाचन क्षेत्र नं १ र ३ मा निर्वाचन सामग्री पठाइसकिएकाे तथा २ र ४ मा मंगलबारसम्म पठाइसकिने जिल्ला निर्वाचन कार्यालय सुनसरीले जनाएको छ । तस्बिर - नवीन गड्तौला
भोजपुरको अरुण गाउँपालिकास्थित मऱ्याङ डाँडा रहेको अरुण आध्यात्मिक क्षेत्र । अरुण आध्यात्मिक प्रतिष्ठानले एउटै परिसरमा धार्मिक विविधताबीच एकता, सहअस्तित्व र आपसी सद्भाव कायम गर्ने उद्देश्यले हिन्दु, बौद्ध र किरात धर्मसँग सम्बन्धित संरचनाहरू निर्माण गरेको हो । तस्बिर - युवराज विष्ट-रासस