फोटोफिचर

    Showing 51-60 of 226 items.
  • घोङी टिप्दै

    दाङको घोराही उपमहानगरपालिका-६ चोरगाउँस्थित कृतिम जलाशयमा घोङी टिप्दै स्थानीय । फुर्सदको समयमा घोङी मारेर तरकारीको जोहो गर्ने गरेको उनीहरू बताउँछन् । तस्बिर- रञ्जिता अधिकारी-रासस  

    • प्रकाशित मितिः वैशाख २९, २०८३
    • 163 पटक पढिएको
    • नेपाल रेखा
  • गौँथली चराको बथान

    शुक्लाफाँटा नगरपालिका-३ को सनबोरा नदी तटिय क्षेत्रको खेतमा बिजुलीको तारमा बसेका गौँथली चराहरुको बथान । ऋतु परिवर्तनसँगै आहार र अनुकूल मौसमको खोजीमा निस्कनुअघि यी चराहरु यसरी नै समूहमा भेला हुने गर्दछन् । प्रायजसो गौँथली चरालाई रुखका हाँगाहरुमा भन्दा खुला तारमा सन्तुलन मिलाएर बस्न सजिलो हुन्छ । तस्बिरः राजेन्द्रप्रसाद पनेरु-रासस  

    • प्रकाशित मितिः वैशाख २३, २०८३
    • 191 पटक पढिएको
    • नेपाल रेखा
  • चरन क्षेत्रमा अर्ना

    सुनसरीको कोसीटप्पु वन्यजन्तु आरक्षको चरन क्षेत्रमा चर्दै गरेका अर्ना । आरक्ष क्षेत्रमा पाँच सयको हाराहारीमा अर्ना रहेको आरक्षले जनाएको छ । तस्बिर - नवीन गड्तौला

    • प्रकाशित मितिः वैशाख २३, २०८३
    • 152 पटक पढिएको
    • नेपाल रेखा
  • मोटरबोटमा आन्तरिक पर्यटक

    सुनसरीको वराहक्षेत्र नगरपालिका-६, बोराबाँधस्थित सप्तकोसी नदीमा मोटरबोटको यात्रा गर्दै आन्तरिक पर्यटक । पछिल्लो समय यहाँ आन्तरिक पर्यटकको चहलपहल बढ्दो छ । तस्बिर - नवीन गड्तौला        

    • प्रकाशित मितिः वैशाख २०, २०८३
    • 228 पटक पढिएको
    • नेपाल रेखा
  • परीक्षा दिँदै विद्यार्थी

    दाङको घोराही उपमहानगरपालिका-१८ स्थित श्री माध्यमिक विद्यालय रझेना परीक्षा केन्द्रमा आजदेखि सुरु भएको कक्षा १२ को परीक्षामा सहभागी विद्यार्थी । तस्बिर- कुलदीप न्यौपाने-रासस  

    • प्रकाशित मितिः वैशाख १४, २०८३
    • 157 पटक पढिएको
    • नेपाल रेखा
  • महिलाकाे दिनचर्या

    सुनसरीको रामधुनी नगरपालिका-७ स्थित पञ्चायन सामुदायिक वन क्षेत्रबाट घाँसदाउरा लिएर घर फर्कँदै स्थानीय महिला । तस्बिर-नवीन गड्तौला

    • प्रकाशित मितिः वैशाख ११, २०८३
    • 152 पटक पढिएको
    • नेपाल रेखा
  • गर्मी छल्न नदीमा बसेका भैँसी

    कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-१२ स्थित स्याली नदीमा गर्मी छल्नका लागि बसेका भैँसी । तस्बिर- राजेन्द्रप्रसाद पनेरू-रासस  

    • प्रकाशित मितिः वैशाख १०, २०८३
    • 100 पटक पढिएको
    • नेपाल रेखा
  • घुम्ती बाख्रागोठ

    म्याग्दीको धवलागिरी गाउँपालिका– ३ हुचिनमा रहेको किसान भीम र विपना भण्डारीको घुम्ती बाख्रागोठ । भण्डारी दम्पत्ती वैदेशिक रोजगारको विकल्पमा घुुम्ती गोठमा बाख्रापालन गरेर आत्मनिर्भर र स्वरोजगार बनेका छन् । हिउँदमा बेँसी झरेका उनीहरुको गोठ गर्मी बढेसँगै लेकतर्फ लैजाने तयारीमा छन् । तस्बिर-सन्तोष गौतम-रासस  

    • प्रकाशित मितिः वैशाख ५, २०८३
    • 169 पटक पढिएको
    • नेपाल रेखा
  • कोसी र चतरा क्षेत्र

    उदयपुरको बेलका नगरपालिका-८, बोप्ताङस्थित पाराग्लाइडिङ स्थलबाट देखिएको बेलका, सप्तकोसी नदी र पारिपट्टि सुनसरीको चतरा बजार क्षेत्र । तस्बिर - नवीन गड्तौला

    • प्रकाशित मितिः वैशाख ४, २०८३
    • 175 पटक पढिएको
    • नेपाल रेखा
  • डोकोमा बोकेर बिरामीलाई अस्पताल लगिँदै

    कैलालीको मोहन्याल गाउँपालिका–३ स्थित मुलेकाराकी सुगर रोगकी बिरामी ४५ वर्षीया जमुना दमाईँलाई उपचारका लागि श्रीमान् कमाने दमाईँ डोकोमा बोकेर अस्पतालतर्फ लैजाँदै । तस्बिर- इन्द्राकुमारी केसी-रासस  

    • प्रकाशित मितिः वैशाख ३, २०८३
    • 219 पटक पढिएको
    • नेपाल रेखा

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]