हेटौँडास्थित सहिद स्मारक पार्कमा राखिएको हिमाली क्षेत्रमा पाइने विश्वास गरिने रहस्यमयी हिममानव यतिको मूर्ति । स्मारक घुम्न आउने पर्यटकले यतिको मूर्तिसँग तस्बिर खिचाउने गर्दछन्। तस्बिर- वासुदेव पौडेल-रासस
काठमाडौँस्थित शक्तिपीठ भद्रकाली मन्दिर परिसरमा शनिबार बसेका सहयाेगापेक्षी मानवहरू । तस्बिर - कमलकुमार बस्नेत-रासस
सुनसरीको इनरुवा नगरपालिका-६ स्थित सुनसरी मोरङ सिचाइँ आयोजनाको नहरमा आइतबार पौडी खेल्दै किशोर ।तस्बिर - नवीन गड्तौला
बाराको निजगढमा मङ्गलबार गृहमन्त्री सुधन गुरुङलाई ज्ञापनपत्र बुझाउँदै मिटरब्याज पीडितहरु । तस्बिर- दिवाकर भण्डारी-रासस
बागलुङको ढोरपाटन नगरपालिका–९ स्थित ढोरपाटन उपत्यकामा फुलेको बुकी फूल र उपत्यकामा चर्दै गरेको घोडा । पछिल्लो समय ढोरपाटन लगायत आसपासको मनरम दृश्य अवलोकन गर्न र यहाँ फुलेको बुकी फूल हेर्न पर्यटकको आकर्षण बढ्दो छ । तस्बिर-खेमराज गौतम-रासस
सुनसरीको इनरुवा बजारकाे पान पसलमा भारतबाट व्यापारीले बिक्री गर्न ल्याएको पानकाे पात । व्यापारीले मिठा र बंगला गरी दुई प्रकारका पानकाे पात बिक्री गर्न ल्याउने गर्दछन् । तस्बिर - नवीन गड्तौला
बाँकेको डुडुवा गाउँपालिका-६ बल्दीपुरुवाका नन्दराम मौरियाले गर्नुभएकाे व्यावसायिक पिँडालु खेती । तस्बिर - रुपनी जि एम- रासस
कोशी करिडोर अन्तर्गत सङ्खुवासभाको चैनपुर नगरपालिका -८ बानेश्वर डाडाँमा निर्माण गरिएको २२० किलोभोल्ट (केभी) प्रसारण लाइनको सवस्टेशन । तस्बिर - भविन कार्की - रासस
केही दिनदेखिकाे वर्षाका कारण सुनसरीको इनरुवा नगरपालिका-४, गणेशपुरमा हिलाम्मे सडक र खाल्डाखुल्डी भई जमेकाे पानी । हिलाम्मे सडक र खाल्डाखुल्डीले दुर्घटनाको जाेखिम बढाएको छ । तस्बिर - नवीन गड्तौला-रासस
कञ्चनपुरको भीमदत्त नगरपालिका-१२ स्थित महाकाली नदीमा निर्माण भएको चार लेनको पक्की पुलको ड्याम (गाइड बण्ड) पुनर्निर्माण गर्दै नेपाली सेना । यहाँ पुनर्निर्माणका लागि चार सयभन्दा बढी सेना खटिएको छ । तस्बीर- शेरबहादुर सिंह-रासस