सुनसरीको वराहक्षेत्र नगरपालिका-१ स्थित प्रसिद्ध वराहक्षेत्र मन्दिर नजिक सप्तकोसी नदीमा बाेटमा जलयात्रा गर्दै आन्तरिक पर्यटक । चतराबाट जलमार्ग हुँदै बाेटमा ७-८ मिनेटमा वराहक्षेत्र मन्दिर तथा १८-२० मिनेटमा भाेजपुर, हतुवागढी गाउँपालिकाकाे हलेदे पुग्न सकिन्छ । तस्बिर - नवीन गड्तौला
काेसी प्रदेशकै प्रसिद्ध तीर्थस्थल सुनसरीको वराहक्षेत्र नगरपालिका-१ स्थित वराहक्षेत्र मन्दिरमा पूजाअर्चना गर्दै भक्तजन । तस्बिर - नवीन गड्तौला
काेसी प्रदेशकै प्रसिद्ध तीर्थस्थल सुनसरीको वराहक्षेत्र नगरपालिका-१ स्थित वराहक्षेत्र मन्दिर । तस्बिर - नवीन गड्तौला
धरतीको पहिलो तीर्थ भनिने सुनसरीको वराहक्षेत्र नगरपालिका-१ स्थित प्रसिद्ध वराहक्षेत्र मन्दिर र धनकुटाकाे साँघुरीगढी गाउँपालिका जाेड्ने काेकाहा खाेलाकाे झाेलुंगे पुलमा फहराइरहेको राष्ट्रिय झन्डा । तस्बिर - नवीन गड्तौला
सुनसरीको इनरुवा नगरपालिका-४ मा धामन सर्प खाँदै गनग्वारी सर्प । मानिसले कुल्चिए मात्र टोक्ने गनग्वारीले अक्सर सर्प नै खाने गर्छ । वयस्क गनग्वारीको शरीर कालो र त्यसमा पहेँलो बेल्टहरु हन्छन् । तस्बिर - नवीन गड्तौला
सुनसरीको इनरुवा नगरपालिका–६ मा चैते धान गोड्दै किसान । चैते धान लगाएका किसानलाई यतिबेला गोडमेल गर्ने चटारो छ । तस्बिर - नवीन गड्तौला
सुनसरीको इनरुवा नगरपालिका-२ स्थित बिहीबारे हटियामा बिक्रीका लागि राखिएकाे बाँसकाे ढाकी । ढाकी स्थानीय बजारमा ३५० रुपियाँ प्रतिगाेटा बिक्री हुने व्यापारी बताउँछन् । तस्बिर - नवीन गड्तौला
जिल्ला प्रशासन कार्यालय सुनसरीमा राष्ट्रिय परिचयपत्रका लागि फोटो खिच्न लामबद्ध सेवाग्राही । कार्यालयका अनुसार दैनिक एक सय ४० देखि एक सय ८० जनाले राष्ट्रिय परिचयपत्रको सेवा लिने गरेका छन् । तस्बिर - नवीन गड्तौला
धरतीको पहिलो तीर्थ भनिने सुनसरीको सुनसरीको वराहक्षेत्र नगरपालिका-१ स्थित प्रसिद्ध तीर्थस्थल वराहक्षेत्र मन्दिरस्थित सप्तकोसी नदी किनारमा पितृ उद्धारका लागि श्राद्ध गर्दै आफन्त । तस्बिर - नवीन गड्तौला
सुनसरीको इनरुवा नगरपालिका-९ मा आहाराको खोजीमा सेताे साँवरी (ब्लाक हेडेड आइबिज) र ठूलो सेतो बकुल्ला (ग्रेट इग्रेट) । हिउँदे आगन्तुक सेताे साँवरी यतिबेला फर्किसक्नुपर्नेमा सो क्षेत्रमा आठ-दसवटाको संख्यामा अझै देख्न सकिन्छ । तस्बिर- नवीन गड्तौला