ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा अवस्थित पाथीभरा बहुमुखी क्याम्पस परिसरभित्र रहेको मानोको स्तम्भ । विगतमा अन्न मापन गर्न प्रयोग हुने मानो अहिले लोप हुने अवस्थामा पुगेको छ ।तस्बिर- दिलकुमार लिम्बू-रासस
प्रेस काउन्सिल नेपालले जीवन विज्ञानसँगको सहयार्यमा आइतबार सञ्चारग्राममा आयोजना गरेको ' संवाद र सञ्चारमा स्वजागरण : सुख, शान्ति र समृद्धिको जागरण' कार्यक्रममा योगाभ्यास गर्दै सहभागीहरू । तस्बिर- विमलबहादुर विष्ट - रासस
महोत्तरी जिल्लाको बलवा नगरपालिका-३ पडौल बजारमा सुर्तीको पात बेच्दै स्थानीय व्यापारी । यहाँको बजारमा गुणस्तरको आधारमा प्रति किलो रु ५०० देखि एक हजार २०० सम्ममा सुर्तीको पात किनबेच हुने गरेको छ । तस्बिर - सञ्जीतकुमार मण्डल / रासस
जङ्गली बिरालो–सुनसरीको इनरुवा नगरपालिका–५ मा आहाराको खोजीमा निस्किएको जंगली बिरालो । जङ्गली बिरालाहरू सिमसार, घाँसे मैदान र झाडी÷जंगलहरूमा पाइन्छन् । घरेलु बिरालोभन्दा ठूलो र पहेँलो हुने जङ्गली बिरालो रातमा बढी सक्रिय हुन्छ भने यो प्राय एक्लै बस्न रुचाउँछ । तस्बिर – नवीन गड्तौला
भोजपुरको भोजपुर नगरपालिका–१२ स्थित औद्योगिक, व्यापारिक तथा साँस्कृतिक पहिचान बोकेको ऐतिहासिक टक्सार बजार । तस्बिर - युवराज विष्ट-रासस
दाङको घोराही उपमहानरपालिका–१३ बडहराका जानकी चौधरी लोकल भालेलाई बधिया बनाउनुहुँदै । चौधरीले व्यवसायिक रुपमा बधिया भाले पालन गर्नुभएको छ । तस्बिर- सुशीला ओली/रासस
मुस्ताङको घरपझोङ गाउँपालिका-३ स्याङ गाउँबाट आइतबार बिहान देखिएको निलगिरि र तिलिचो हिमशृङ्खला । तस्बिर: सुशीलबाबु थकाली / रासस
हरिबोधनी एकादशीका अवसरमा पोखरा महानगरपालिका–३२ तल्लो गगनगौडाबाट सेती नदीमा फूल तार्नका लागि फूलको डोली लैजाँदै भक्तजन । तस्बिर- वासुदेव पौडेल/रासस
हिजोदेखिकाे अविरल वर्षाका सुनसरीको इनरुवा नगरपालिका-४ स्थित किसानकाे खेतमा लडेको धानबाली । तस्बिर - नवीन गड्तौला
दाङको घोराही उपमहानगरपालिका-१८ स्थित अम्बापुरमा बेमौसमी बर्सातले ढालेको पाकेर भित्र्याउने बेला भएको किसानको धानबाली । तस्बिर - कुलदीप न्यौपाने / रासस