सुनसरीको इनरुवा नगरपालिका-८ स्थित गणेश नेपाल राष्ट्रिय आधारभूत विद्यालयका विपन्न विद्यार्थीलाई दाताको सहयोगमा जुटाइएको जुत्ता मंगलबार वितरण गर्दै विद्यालय व्यवस्थापन समिति अध्यक्ष, प्रधानाध्यापकलगायत । विपन्न तथा जेहेन्दार ३६ जना विद्यार्थीलाई जुत्तामोजा वितरण गरिएको विद्यालयले जनाएको छ । तस्बिर - नवीन गड्तौला
सुनसरीको इनरुवा नगरपालिका-३ मा बुधबार खेतीका लागि सिचाइ गर्न बारिङ गाड्दै मजदुर । एउटा बाेरिङ गाड्न पाँच जना मजदुरलाई चार-पाँच दिन लाग्ने र साेवापत २५-३० हजार रुपियाँ पारिश्रमिक पाउने उनीहरू बताउँछन् । तस्बिर - नवीन गड्ताैला
सुनसरीस्थित कोसीटप्पु वन्यजन्तु आरक्षको सप्तकोसी नदी बगरमा अर्नासँग घाम ताप्दै बसेका स्थानीयका गाईगोरु । स्थानीयले आरक्ष क्षेत्रमा चरनका लागि अवैधरुपमा छाड्ने राँगा-भैंसी तथा गाईगोरुका कारण दुर्लभ अर्नाको जिन संकटमा छ ।तस्बिर - नवीन गड्तौला
तनहुँको बन्दीपुर गाउँपालिका -४ , रिपका किसान गणेशबहादुर गुरुङको बगैँचामा उत्पादन भएका सुन्तला टिपेर ल्याउँदै स्थानीय महिला । सुन्तला टिप्न र ढुवानी गर्न यहाँ दैनिक १० जनालाई रोजगारी दिइएको छ । तस्बिर: सागर गिरी / रासस
सुनसरीको इनरुवा नगरपालिका-९ मा ठूलो कम्बाइन हार्भेस्टर मेसिनबाट धान धाट्दै किसान । कृषिमा प्रविधिको प्रयोगले किसानलाई कृषिकर्म गर्न सहज बनाएको छ ।
सुनसरीको इनरुवा नगरपालिका-१ स्थित टेम्पो स्टेन्डदेखि बलाहा जोड्ने खानेपानीको पाइप परिवर्तन गर्न काम गर्दै कर्मचारी । इनरुवा खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले उक्त क्षेत्रको एक किलोमिटर पाइप परिवर्तन गर्न काम गरिरहेको छ ।तस्बिर - नवीन गड्तौला
सुनसरीको धरान नगरपालिका-१४ स्थित श्रम संस्कृति पार्क अगाडि बिक्रीका लागि राखिएको ‘धराने माया’ बेसार । धरान उपमहानगरपालिकासँगको सहकार्यमा धराने कृषक समाज, उपभोक्ता सञ्चालक समितिले उत्पादन गरेको बेसार किलोको आठ सय रुपियाँका दरले बिक्री भइरहेको छ । तस्बिर - नवीन गड्तौला
मोरङको पथरी शनिश्चरे-२स्थित वाल्मिकी मेमोरियल आवासीय माध्यमिक विद्यालयमा स्टाउटमा आवद्ध विद्यार्थीहरु विपद् व्यवस्थापन सम्बन्धी तालिम लिँदै । तस्बिर - गोपाल काफ्ले -रासस
सुनसरीस्थित कोसीटप्पु वन्यजन्तु आरक्षस्थित सप्तकोसी नदीमा माछा मारेर फर्किरहेका माझीहरू । कोसीमा हिजोआज पहिलेजस्तो माछा पाउन छाडेको उनीहरू बताउँछन् । तस्बिर - नवीन गड्तौला
सुनसरीस्थित कोसीटप्पु वन्यजन्तु आरक्षको चरन क्षेत्रबाट माउतेसहित फर्किँदै गरेको माउ र छावा हात्ती। तस्बिर- नवीन गड्तौला-रासस