कास्कीको माछापुच्छ्रे गाउँपालिका–६ स्थित हेमजाकोट होमस्टेमा आउने पाहुनालाई स्वागतार्थ फूलमाला लिएर बसेका स्थानीय महिला । होमस्टे सञ्चालनसँगै फूल उत्पादनसँगै अन्य कृषिजन्य उत्पादनमा स्थानीयको चासो बढेको छ । तस्बिर - वासुदेव पौडेल-रासस
सुनसरीको इनरुवा नगरपालिका-९ का किसान खेतमा मकै रोप्दै किसान । धान भित्र्याइसकेका किसानलाई यतिबेला मकै र गहुँ बाली लगाउन धमाधम छ । तस्बिर - नवीन गड्तौला
सिन्धुलीको गोलन्जोर गाँउपालिकास्थित माझकुभिण्डेमा ढकमक्क फुलेको लालुपाते फूल । तस्बिर - राधिका बुढाथोकी -रासस
मौसम खुलेसँगै यहाँको घरपझोङ–४ जोमसोम बजारबाट देखिएको धौलागिरि हिमाल र आसपासका हिमशृङ्खला । तस्बिर- सुन्दरकुमार थकाली-रासस
नवलपरासी-बर्दघाट सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिका–१ जुकेपानीमा उत्पादन भएको काँक्रा बिक्रीका लागि बजार पठाउन तयार गर्दै किसान । यस क्षेत्रमा तीन सय ५० हेक्टर क्षेत्रफलमा व्यवसायिक काँक्रोखेती हुँदै आएको छ । तस्बिर- विष्णुप्रसाद गौडेल-रासस
विपी राजमार्ग अन्तर्गत सिन्धुलीको गोलञ्जोर गाउँपालिका–५ खनियाखर्कमा बिक्रीका लागि राखिएका जुनार, सुन्तलालगायत । सिन्धुलीको स्थानीय उत्पादन जुनार र सुन्तला यो राजमार्ग हुँदै यात्रा गर्ने यात्रुले कोसेलीको रुपमा किन्ने गरेका छन् । खनियाखर्कमा अहिले जुनार प्रतिकिलो ८० देखि १०० रुपैयाँसम्म र सुन्तला १२० देखि १५० रुपैयाँसम्ममा कारोबार भइरहेको व्यापारी बताउँछन् । तस्बिर : राधिका बुढाथोकी-रासस
बालाचतुर्दशी पर्वका अवसरमा बुधबार सुनसरीको रामधुनी नगरपालिका–४ स्थित प्रशिद्ध तथा पौराणिक रामधुनी मन्दिर परिसरमा शतबीज छर्दै भक्तजन । तस्बिर- नवीन गड्तौला
पशुपतिनाथ मन्दिरमा बाला चतुर्दशीका दिन बुधबार बिहान पूजाअर्चना र शतबीज छर्न आएका भक्तजनको घुइँचो । मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन साँझ दिवंगत पितृको सद्गतिको कामना गर्दै पितृका नाममा बत्ती बालेर जाग्राम बसेर बाला चतुर्दशीका दिन बिहान शतबीज छर्ने गरिन्छ । तस्बिर - हरिराम भेटुवाल - रासस
सुनसरीको इनरुवा नगरपालिका-९ मा सोमबार धानको बोझा ट्रयाक्टरमा हालेर घर लैजाने तयारी गर्दै किसान । यतिबेला यहाँका किसानलाई मंसिरे चटारोले छोपेको छ । तस्बिर - नवीन गड्तौला
प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन पशुपति क्षेत्रमा दिवङ्गत पितृको सद्गतिको कामना गर्दै मनाइने बाला चतुर्दशी मेलामा मङ्गलबार आएका भक्तजन । तस्बिर- विमलबहादुर विष्ट-रासस