विविध

    Showing ११-१३ of १३ items.
  • एक किलो नुनलाई ६० रुपैयाँ !

    जाजरकोट । जिल्ला सदरमुकामबाट झण्डै ७२ किलोमिटर उत्तरपूर्वमा रहेको बारेकोट गाउँपालिकामा अनुदानमा पाइने नुनको मूल्य थामिनसक्नु भएको पाइएको छ । भर्खरै गाउँपालिकाको मुकाम लिम्सासम्म सडक पुगेको छ । लकडाउनले गर्दा त्यहाँ सडक पुगे पनि यातायातका साधन चल्न दिइएको छैन । यातायातको रूपमा रहेको गतिलो माध्यम घोडा, खच्चड भने निर्वाध चलिरहेका छन् । कुशे गाउँपालिकाको पाँचकाटिया हुँदै बारेकोट र नलगाड नगरपालिकाको कालिमाटी हुँदै बारेकोट दुवै ठाउँबाट खच्चड निर्वाधरूपमा चलिरहेका छन् । अहिले त्यही खच्चडमा ल्याएको स्थानीय बजारमा पाइने खाद्यान्नदेखि आयोडिनयुक्त नुनको मूल्य छोइनसक्नु भएको स्थानीयवासी बताउँछन् । बारेक

    • प्रकाशित मितिः बैशाख २०, २०७७
    • ३१८ पटक पढिएको
    • "नेपाल रेखा"
  • शरणार्थी शिविरमा आगलागी ः१७ लाख बढीको क्षति

    झापा । झापाको दमक नगरपालिका–३ बेलडाँगीमा रहेको भूटानी शिविरमा आगलागी हुँदा चार घर जलेर नष्ट भएका छन् । बिहीबार बिहान शिविरको बी–३ हट नम्बर २६० मा रहेको टीकाराम चापागार्इँको घरबाट अचानक आगलागी भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार चापागाईँको घरबाट शुरु भएको आगोले छिमेकी पदम चापागाईँ, रुपनारायाण दुलाल र हर्कबहादुर सुब्बाको समेत घर जलेर नष्ट हुँदा करिब रु १७ लाख ३५ हजार बराबरको क्षति भएको छ । आगलागी स्थानीयवासी, प्रहरी र बारुणयन्त्रको सहयोगमा बिहान ३ः३० बजे पूर्णरूपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः बैशाख १८, २०७७
    • ३५३ पटक पढिएको
    • "नेपाल रेखा"
  • माया घरलाई खाद्य सामाग्री दिइयो

    इटहरी । इटहरीको रौता टेक्निकल कलेजले इटहरी २ मा रहेको माया घरलाई आवश्यक खाद्य सामाग्री हस्तान्तरण गरेको छ । कलेजकी प्रबन्ध निर्देशक कृष्टिना थापाकाअनुसार माया घरलाई आवश्यक खाद्य सामाग्री चामल, दाल तथा अन्य खाद्य सामाग्री हस्तान्तरण गरिएको हो । यहाँ खाद्य सामाग्रीको अभाव नहोस् भन्नका लागि हामीले केही खाद्य सामाग्री हस्तान्तरण गरेका हौँ, उनले भनिन् । अहिले लकडाउनका कारण विपन्न मानिसहरुको बिचल्ली नहोस् भन्ने मनसायले आफूहरुले सहयोग गरेको उनको भनाई छ । माया घरमा करीब ४ दर्जन बढी मानिसहरु आश्रित रहेका छन् । यसैबीच प्रेस युनियन सुनसरीका सभापति पवन अधिकारीले माया घरलाई आवश्यक पर्ने मास्क, पञ्जा र से

    • प्रकाशित मितिः बैशाख १४, २०७७
    • ४४४ पटक पढिएको
    • "नेपाल रेखा"

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]