कुमोद अधिकारी विराटनगर । वैदेशिक रोजगारमा जानेहरुकालागि बनेको नीति तथा कानुनहरु प्रभावकारी कार्यान्वयन नहुदा कामदारहरु ठगिने गरेको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । मानव अधिकारकालागि जनमन्च पिपुल फोरमले विराटनगरमा शनिबार वैदेशिक रोजगार कानुनसम्वन्धि संचारकर्मीहरुसंगको अभिमुखि कार्यक्रममा वक्ताहरुले सुरक्षित वैदेशिक रोजगारका लागि संचारकर्मीको भूमिका अहम् हुने बताए । खाडी राष्ट्रमा जाने कामदारका लागि सरकारले १० हजार तथा शुन्य शुल्क लाग्ने व्यवस्था गरेकाले संचारकर्मीहरुले समाचार सम्प्रेषण गरेर त्यस्ता विषयलाई प्राथमिकता दिनुपर्नेमा उनीहरुले जोड दिए । पिपुल फोरमका संस्थापन अध्यक
कुमोद अधिकारी विराटनगर । सुरक्षित वैदेशिक रोजगारका लागि संचालित सुरक्षित आप्रवासी सामी परियोजना मोरङमा प्रभावकारी बन्दै गएको छ । जिल्ला प्रशासन कार्यालय परिसरमा दुई वर्षदेखि परियोजना संचालनमा छ । परियोजनाले वैदेशिक रोजगारमा जानेहरुलाई सहि सूचना दिने सहजिकरण गर्ने, विदेशमा अलपत्र परेका कामदारहरुको उद्धार तथा ठगिमा परेकाहरुको रकम मेनपावर कम्पनिहरुबाट फिर्ता लिएर पीडित पक्षलाई बुझाउनेजस्ता कार्य गर्दै आएको छ ।परियोजनाले विदेश जाने युवा–युवतीहरुलाई परामर्श दिदै विदेश जादा कस्तो मेन पावरको भरमा जादै हुनुहुन्छ, सिप सिक्नु भएको छ छैन त्यहाँ गएर के काम गर्ने विषयम
सर्लाही । हरिवन नगरपालिकाले सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न घुम्ती शिविर सञ्चालन गरेको छ । वडा कार्यालयसम्म पुग्न समस्या हुने अशक्त, अपाङ्गता र वृद्धवृद्धालाई लक्ष्य गरेर गाउँ घरमै पुगी सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न नगरका ११ वटै वडामा घुम्ती शिविर सञ्चालन सुरु गरिएको नगरप्रमुख रमेश बुढाथोकी(कमल)ले जानकारी दिए । शारीरिकरूपमा अशक्त तथा वृद्धवृद्धालाई वडा कार्यालयसम्म धाउनुको साटो घर नजिकै राखिएको घुम्ती शिविरबाट सेवा लिन सहज होस् भन्ने उद्देश्यले प्रत्येक वडामा कर्मचारी खटाएर सामाजिक सुरक्षा भत्ता नवीकरणको काम भइरहेकोे उनले जानकारी दिए । घुम्ती शिविरले वडा कार्यालयमा भीडभाड कम हुनाका साथै
सोलुखुम्बु । थुलुङ दुधकोशी गाउँपालिकाले ४० लाखको विपद कोष निर्माण गर्ने निर्णय गरेको छ । गाउँपालिका अध्यक्ष असिम राईको अध्यक्षतामा मंगलवार सम्पन्न कार्यपालिका बैठकले बाढिपहिरोलाई लक्षित गरि ४० लाखको कोष निर्माण गर्ने निर्णय गरेको हो ।यस्तै विपदमा परि पुर्ण बिस्थापित भएका परिवारलाई सुरक्षित स्थानमा सार्ने सिफारिस सहित १० हजार रुपैयाँ आर्थिक सहयोग गर्ने पनि निर्णय गरिएको छ । गाउँपालिका वडा नम्बर–५ जुबु र वडा नं. ६ मुक्लिका केहि वस्ती जोखिममा परेको बताइएको छ ।सोही बैठकले गाउँपालिकाको बिभिन्न शाखामा रहि कार्यरत कर्मचारीको करार अवधी ६ महिनाकोलागि थप गर्ने निर्णय गरिएको गाउँपालिका प्रवक्
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले सरकारको ढुकुटीमा भुक्तानी मौज्दात पर्याप्त भएकाले चालू आर्थिक वर्षको बजेट खर्च गर्न कुनै समस्या नहुने बताएका छन् । बजेटको अभाव नभएकाले आर्थिक वर्षको सुरुबाटै योजना बनाउन र समयमै सम्पन्न गर्न मुख्यमन्त्री राईले कर्मचारीहरूलाई निर्देशन दिएका छन् ।मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सोमबार आयोजित वार्षिक समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले भुक्तानी मौज्दात अनुमानभन्दा बढी व्यवस्थापन भएकाले बजेट कार्यान्वयनमा समस्या नहुने बताएका हुन् । उनले प्रदेशस्तरका मन्त्रालय तथा कार्यालयमा कर्मचारी व्यवस्थापन गर्नुपर्दा माप
सोलुखुम्बु । थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असिम राईले सामाजिक सुरक्षा भत्ता वितरणलाई सहजै प्राप्त गर्ने वातावरण निर्माण गर्ने प्रयास भइरहेको बताएका छन् । गाउँपालिका वडा नम्बर ८ बुडिडाँडामा लक्ष्मी बैंकको शाखा रहित सेवा उद्घाटन गर्दै अध्यक्ष राईले यस्तो बताएका हुन् ।सामाजिक सुरक्षा भत्ता वितरणलाई पारदर्शी बनाउने गरि बैंकिङ प्रणाली लागू गरेको भएपनि भौगोलिक हिसाबले कठिन भएको भन्दै अध्यक्ष राईले वडा नं. ७ र ८ लाई लक्षित गरि बुडिडाँडामा सेवा सुचारु गरिएको बताए । यस्तै जुबु र लोखिमलाई लक्षित गरि केहि दिनभित्रमै सुकेपोखरीमा पनि यस्तै शाखा रहित सेवा सञ्चालन गरिने अध्यक्ष राईको भनाइछ&
सोलुखुम्बु । जिल्लाको आठ स्थानीय तह मध्ये सबै भन्दा कम बेरुजु थुलुङदुधकेशी गाउँपालिकामा देखिएको छ । महालेखा परीक्षकको कार्यालयलेसार्वजनिक गरेको आथिक वर्ष २०७७–०७८ को लेखा परीक्षण प्रतिबेदनमा सबैभन्दा बढी माप्यदुधकोशी गाउँपालिकाको र सबैभन्दा कम थुलुङदुधकोशी १.४५ प्रतिशत बेरुजु देखिएको हो ।प्रतिवेदन अनुसार माप्यदुधकोशीको ६३ करोड ४० लाख ६ हजारको लेखा परीक्षण गर्दा ५ करोड ९३ लाख ३० हजार अर्थात ९.३६ प्रतिशत बेरुजु देखिएको छ । थुलुङ दुधकोशीको १ अर्ब ४ करोड १२ लाख ५० हजारको लेखा परीक्षण गर्दा १ करोड ५१ लाख ४७ हजार अर्थात १.४५ प्रतिशत बेरुजु देखिन्छ ।यस्तै कोशीपारीको गाउँपालिका महाकुलुङको ७१ करो
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले सरकारले वित्तीय अनुशासन कायम गर्दै यथार्थपरक बजेट बनाएको स्पष्ट पारेका छन् । मुख्यमन्त्री राईले शनिबार प्रदेश सभाको दशौं तथा बजेट अधिवेशनको अठारौं बैठकलाई सम्बोधन गर्दै यथार्थपरक बजेट बनाएकाले आगामी बजेट खर्च कुनै समस्या नहुने प्रष्ट पारे ।उनले पुरानो दायित्वले डो¥याएअनुसारको बजेट बनाउनुपर्दा सोचेअनुरुपको कार्यक्रम ल्याउन नसकेको बताए । ‘पुरानो दायित्वले हामीलाई त्यतैतिर तानेको हुनाले पूर्णरुपमा सोचेअनुसार बजेट बनाउन पाइएन’ मुख्यमन्त्री राईले भने, ‘त्यैपनि केही दुरगामी महत्व राख्ने कोशिस गरेका छौं ।’ उनले
विराटचोक । मोरङको सुन्दरहरैंचा नगरपालिकाले भुक्तानी सेवालाई प्रविधिमैत्री बनाउने क्रममा इलेक्ट्रोनिक फण्ड ट्रान्सफर (इएफटी) सेवा कार्यान्वयन गरेको छ । यो सेवाले भुक्तानी प्रणालीलाई थप व्यवस्थित बनाउने नगरपालिकाले जनाएको छ । सो सेवा लिनका लागि सेवाग्राहीले बैंकको स्टेटमेन्ट, चेकको पछाडि संस्थाको छाप लगाएर गरिएको फोटोकपी र आधिकारिक व्यक्तिको नाम र मोबाइल नम्बर उपलब्ध गराउनुपर्ने प्रमुख प्रशासकीय अधिकृत विनोद भट्टराईको हस्ताक्षरमा जारी सूचनामा जनाइएको छ ।
रामधुनी । इटहरी उपमहानगरपालिका वडा नम्बर १८ मा रहेको सनेश कृषि सहकारी सस्था लि. ले उन्नत जातका बोयर बाख्रा संस्थाका आठ जना शेयर सदस्यलाई बितरण गरेको छ ।बाख्राको नश्ल सुधारका लागि बितरण गरिएको हो । बोयर बाख्रा पाउनेमा संस्थाका आठ जना सदस्यहरु पुष्पलाल चौधरी, गोविन्द चौधरी, बिनोद चौधरी, सिरबिङ राई, अशोक चौधरी, उषा गुरुङ, उर्मिला चौधरी, लालु चौधरी रहेका छन् । कार्यक्रममा इटहरी उपमहानगरपालिका वडा न. १८ का वडा अध्यक्ष रामकुमार चौधरी, संस्थाका अध्यक्ष राजदेव चौधरी, खेमराज अधिकारी, तेज नारायण चौधरी लगायतले बाख्रा बितरण गरेका थिए । यस अघि भएको कार्यक्रममा वडा अध्यक्ष चौधरीले गरिबी निवारणका लागि आय आर्