अर्थ–वित्त

    Showing 141-150 of 279 items.
  • ‘ऊर्जा उत्पादनबाटै व्यापार घाटा घटाउन र समृद्धिको आधार निर्माण गर्न सकिन्छ’

    काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले व्यापार घाटा घटाउने र मुलुकलाई आर्थिक समृद्धिको दिशामा अगाडि बढाउने प्रमुख साधन भनेकै जलविद्युत् भएकाले त्यसलाई सरकारले प्रमुख प्राथमिकतामा राखेको बताउनुभएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान)को २४औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा मन्त्री श्रेष्ठले सरकार र निजी क्षेत्रको सार्थक पहलबाट मात्रै मुलुकको ऊर्जा क्षेत्रले फड्को मार्नसक्ने बताउनुभयो । देशभित्र बिजुलीको खपत बढाउनुपर्नेमा जोड दिँदै उहाँले बचेको बिजुली बेचे व्यापारघाटा कम गर्न सरकार लागेको बताउनुभयो । ऊर्जा क्षेत्रमा लगानीका लागि सहज वाता

    • प्रकाशित मितिः माघ ४, २०८०
    • 436 पटक पढिएको
    • नेपाल रेखा
  • श्रमिकलाई आर्थिक बोझ थपिने निर्णय कार्यान्वयन नगर्न प्रधानमन्त्रीको निर्देशन

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई थप आर्थिक भार पर्ने निर्णय तत्काल फिर्ता लिन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई निर्देशन दिनुभएको छ । प्रधानमन्त्री कार्यालयमा आज श्रममन्त्री, सचिव र विभागीय कर्मचारीसँगको छलफलमा उहाँले मन्त्रालयले वृद्धि गरेको भनिएको शुल्क श्रमिकबाट नलिई यथावत् रुपमा हुने गरी कार्यान्वयनको व्यवस्था मिलाउन निर्देशन दिनुभयो । प्रधानमन्त्री दाहालले मुलुकको अर्थतन्त्रमा वैदेशिक रोजगारीमा रहेका नेपालीको महत्वपूर्ण योगदान रहेको स्मरण गराउँदै श्रमिकलाई अतिरिक्त आर्थिक भार थप्ने मन्त्रालयको निर्णय कार्यान्वयन

    • प्रकाशित मितिः पुस २४, २०८०
    • 341 पटक पढिएको
    • नेपाल रेखा
  • १० हजार मेगावाट बिजुली बिक्रीबाट नेपालले प्राप्त गर्न सक्छ वार्षिक नौ खर्ब

    काठमाडौँ । नेपाल र भारतबीच ऊर्जा क्षेत्रमा भएको सम्झौताले नेपालको बिजुलीले भारतको विशाल बजारमा सहज प्रवेश पाउने भएको छ । बर्षा याममा खेर जाने बिजुलीले पनि बजार पाउने तथा लगानी विस्तार हुने भएकाले सरकारी तथा निजी क्षेत्रमा पनि एक प्रकारको उत्साहको सञ्चार गरेको छ । मुलुकको चुलिँदो व्यापार घाटालाई कम गर्ने उपयुक्त माध्यमका रुपमा बिजुली व्यापारलाई लिइएको छ । नेपालको प्रचूर ऊर्जा क्षेत्रमा प्रविधि र लगानी जरुरी छ । कानुनी एवम् संरचनागत सुधार जरुरी रहेको विषयलाई निजी क्षेत्रले प्राथमिकतामा राख्दै आएको छ । भौतिक विकास निर्माणमा खासगरी, वन क्षेत्रको जग्गा प्रयोग, जग्गा प्राप्ति तथा कानुनी उल्झन बेहोर्

    • प्रकाशित मितिः पुस २०, २०८०
    • 355 पटक पढिएको
    • नेपाल रेखा
  • दश वर्षमा १० हजार मेगावाट बिजुली निर्यातसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर

    काठमाडौँ । नेपाल र भारतबीच बिजुली निर्यातसम्बन्धी दीर्घकालीन सहमतिपत्रमा हस्ताक्षर भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा मन्त्री शक्तिबहादुर बस्नेतको उपस्थितिमा दुई देशका सचिवले दीर्घकालीन ऊर्जा व्यापारसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गर्नुभएको हो ।आगामी १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यात गर्ने पूर्वसहमतिले आजको हस्ताक्षरसँगै सार्थकता पाएको हो । बिजुली निर्यातसम्बन्धी द्विपक्षीय सहमतिपत्रमा नेपालका तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव गोपाल सिग्देल र भारतका ऊर्जासचिव पङ्कज अग्रवालले हस्ताक्षर गर्नुभयो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत जेठमा गर

    • प्रकाशित मितिः पुस १९, २०८०
    • 344 पटक पढिएको
    • नेपाल रेखा
  • पाँच हजार मिटरब्याज पीडितका समस्या समाधान

    काठमाडौँ । सरकारद्वारा गठित अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोगले निवेदन परेका २८ हजारमध्ये पाँच हजार एक सय ५५ उजुरीमा मिलापत्र गरेको छ । आयोगका सदस्य पूर्वअतिरिक्त प्रहरी महानिरीक्षक उत्तमराज सुवेदीका अनुसार आयोग गठन भएपछि यसरी मिलापत्र गरी दुई सय १८ बिघा १० कट्टा सात धुर जग्गा (७९३ कित्ता) साहुबाट पीडितलाई फिर्ता गराइएको छ । अध्ययनका क्रममा पीडित र साहुबीच पाँच अर्ब ५७ करोड १९ लाखको लिखत कारोबार भएको पाइएको तर साहुहरूले सात अर्ब ६२ करोड ८० लाख असूल हुन बाँकी रहेको भनेर दाबी गरेका पाइएको थियो । त्यसमध्ये कूल एक अर्ब ७२ करोड ८६ लाखको कारोबार दुवै पक्षबीचको सहमतिमा मिलापत्र गरी टुङ्

    • प्रकाशित मितिः मंसिर २७, २०८०
    • 369 पटक पढिएको
    • नेपाल रेखा
  • भूकम्प प्रभावितले दुई प्रतिशत प्रिमियममा २५ लाखसम्मको घर कर्जा पाउने

    काठमाडौँ । जाजरकोट भूकम्प प्रभावितले २५ लाखसम्मको आवासीय घर कर्जा आधार दरमा अधिकतम २ प्रतिशत बिन्दुमा प्राप्त गर्न पाउने भएका छन् ।नेपाल राष्ट्र बैंकले चालु आवको मौद्रिक नीतिको पहिलो समीक्षामार्फत गत कात्तिकमा गएको भूकम्पका कारण क्षतिग्रस्त घरको पुनःनिर्माणका लागि सो व्यवस्था गरेको हो । यस प्रयोजनका लागि साविकको कर्जा–धितो अनुपातमा बैंक तथा वित्तीय संस्थाले १० प्रतिशत वा सोभन्दा बढी बिन्दुसम्म थप गर्न सक्ने व्यवस्था गरिने छ । भूकम्पबाट क्षतिग्रस्त सार्वजनिक विद्यालय, सार्वजनिक अस्पताल तथा स्वास्थ्य चौकीको पुनःनिर्माणका लागि बैंक तथा वित्तीय संस्थाले आर्थिक वर्ष २०७९÷८० र २०८०&divi

    • प्रकाशित मितिः मंसिर २२, २०८०
    • 350 पटक पढिएको
    • नेपाल रेखा
  • मिटरब्याजीले लिएको सात कठ्ठा बढी जग्गा फिर्ता

    चितवन । मिटरब्याजीले लिएको सात कठ्ठा १३ दशमलव पाँच धुर जग्गा छलफलबाट पीडितलाई फिर्ता गरिएको छ । भरतपुर महानगरपालिका–४ निवासी पीडितको जग्गा भरतपुर–२ निवासी पीडकले फिर्ता गर्ने सहमति गरेका हुन् ।जिल्ला प्रशासन कार्यालयमा अनुचित लेदनेद (मिटरब्याजी) विरुद्ध परेका उजुरीमध्ये उनीहरूले जग्गा फिर्ता गर्ने र कानुनबमोजिम ब्याजसहित रकम फिर्ता गर्ने सहमति भएको हो । कार्यालयका नायबसुब्बा विश्वास श्रेष्ठका अनुसार निवेदकले २०७२ सालमा एक करोड ५० लाख र चार स्थानका पाँचवटा कित्ताको जग्गा लेनदेन गरेका थिए । उहाँका अनुसार पहिलो तीन महिनामा पीडितले एक करोड २० लाख रकम फिर्ता गर्ने र पीडकले छ कठ्ठा १३ दश

    • प्रकाशित मितिः मंसिर २२, २०८०
    • 483 पटक पढिएको
    • नेपाल रेखा
  • राष्ट्रिय माविद्वारा ६७ जना विद्यार्थीलाई छात्रवृत्ति रकम प्रदान

    इटहरी । इटहरी उपमहानगरपालिका वडा नं. १ मा सञ्चालित राष्ट्रिय माध्यमिक विद्यालयले बुधबार ६७ जना विद्यार्थीलाई छात्रवृत्ति रकम प्रदान गरेको छ । विद्याललयको ६८ औं वार्षिकोत्सवमा बालविकासदेखि कक्षा १२ सम्म अध्ययन गर्ने विद्यार्थीलाई दाताले स्थापना गरेको १८ लाख ५८ हजार ८६० रुपैयाँको ब्याजबाट ९८ हजार २७३ रुपैयाँको छात्रवृत्ति रकम वितरण गरिएको हो ।विद्यालयले इटहरी उपमहानगरपालिका नगरप्रमुख हेमकर्ण पौडेलका वाबु–आमा शेरबहादुर पौडेल र रेनुका पौडेलले स्थापना गरेको स्वर्गीय होमनाथ पौडेल स्मृति अक्षयकोषबाट डिप्लोमा इन सिभिल इन्जिनियरिङ्तर्फका विपिन बास्तोला र रिया अग्रहरीलाई छात्रवृत्ति प्रद

    • प्रकाशित मितिः मंसिर १३, २०८०
    • 378 पटक पढिएको
    • नेपाल रेखा
  • सांसद महराको धनमाल चोरी

    काठमाडौँ । काठमाडौँ महानगरपालिका घट्टेकुलोबाट राष्ट्रियसभाका सांसद महेशकुमार महराको केही धनमाल चोरी भएको छ । आज बिहान घट्टेकुलोस्थित पसलको सटर खोल्ने क्रममा उहाँकी पत्नीले पसलअगाडि राख्नुभएको सुनको सिक्री, मोबाइलसहितको झोला अपरिचत व्यक्तिले चोरी गरी लगेको सांसद महराले जानकारी दिनुभयो । “पत्नीले पसलको एउटा सटर खोलेर अर्को सटर खोल्ने क्रममा भुइँमा राखेको उक्त झोला अपरिचित व्यक्तिले तत्कालै उठाएर भागेको थियो”, उहाँले भन्नुभयो । उक्त घटनाका बारेमा प्रहरीले सिसी टिभी फुटेजका आधारमा अनुसन्धान गरिरहेको छ ।

    • प्रकाशित मितिः मंसिर १२, २०८०
    • 420 पटक पढिएको
    • नेपाल रेखा
  • बालअधिकार हनन रोकथाममा डेढ करोड बढी खर्च

    राजन केडी इटहरी । बालअधिकार हनन् रोकथामका लागि सरकारी र गैरसरकारी संस्थाले डेढ करोड भन्दा बढी खर्च गरेका छन् । बिविध कारणले परिवारबाट टाढा भएका बालबालिकाको समानअधिकार र सम्मान सहितको न्यायकालागि तीनै तहका सरकार, जर्मनी, फ्रान्स र अमेरिकी संस्थाले १ करोड ५३ लाख ८१ हजार खर्च गरेका हुन् । दूव्र्यवहार, शोषण, अपहेलित र परिवारबाट अलगिएका बालबालिकालाई सामाजिक पुनर्मिलन गराई उनीहरुको संरक्षण, सबलीकरण र संस्थागत विकासका लागि सो रकम खर्च भएको भ्वाइस अफ् चिल्ड्रेन सुनसरी संयोजक भरत थापाले बताए । सडक बालबालिका उद्दार र पुनर्मिलनका लागि राष्ट्रिय बालअधिकार परिषदले १३ लाख ३ सय ३४, कोशी

    • प्रकाशित मितिः कार्तिक १८, २०८०
    • 334 पटक पढिएको
    • नेपाल रेखा

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]