कृषि

    Showing 21-30 of 207 items.
  • सुपारीखेतीमा इलामका किसानको लगाव

    इलाम । पछिल्लो समय इलामका किसान व्यावसायिक सुपारीखेतीतर्फ आकर्षित हुन थालेका छन् । कम लगानी र थोरै मेहनतमा राम्रो आम्दानी हुने देखिएपछि यहाँका किसान खाली जमिनमा व्यावसायिक सुपारी खेतीतर्फ आकर्षित हुन थालेका छन् । यहाँका एउटै किसानले आठ हजार बोटसम्म सुपारी लगाउने गरेका छन् ।माई नगरपालिका–९ का किसान अक्कलबहादुर राईले यसवर्ष मात्र २५ क्विन्टल सुपारी बिक्री गर्नुभएको छ । “मैले अन्य खेती मासेर सबैजसो जग्गामा सुपारी रोपेको छु, आधा बोटबाट आम्दानीसमेत लिन थालिसकेको छु”, उहाँले भन्नुभयो, “प्रतिकेजी ७० सम्ममा घरबाटै बिक्री हुने गरेको छ ।” एकपटक मेहनत गरेमा सजिलै फल्ने भएकाल

    • प्रकाशित मितिः जेठ २५, २०८३
    • 273 पटक पढिएको
    • नेपाल रेखा
  • उखु खेती

    सुनसरीको गढी गाउँपालिका-३, छिटाहामा किसानले लगाएको उखु खेती । उखु मिलले समयमा भुक्तानी नदिएका कारण लगानी जोखिममा पर्ने भएपछि जिल्लामा उखु खेती गर्ने किसान घटेका छन् । तस्बिर - नवीन गड्तौला

    • प्रकाशित मितिः जेठ २२, २०८३
    • 197 पटक पढिएको
    • नेपाल रेखा
  • व्यावसायिक सुन्तला खेती

    भोजपुरको टेम्केमैयुङ गाउँपालिका–२ छिनामखुका किसानले व्यावसायिक रुपमा गरिएको सुन्तला खेती । यहाँ किसानले सुन्तला बिक्रीबाट वार्षिक रु एक लाखदेखि रु सात लाखसम्म आम्दानी गर्दैआएको सुन्तला कृषक वडासदस्य जीवन राईले जानकारी दिनुभयो । तस्बिर- युवराज विष्ट-रासस  

    • प्रकाशित मितिः जेठ २०, २०८३
    • 174 पटक पढिएको
    • नेपाल रेखा
  • लिच्ची किनमेल

    सुनसरीको इनरुवा बजारमा लिच्ची किनमेल गर्दै स्थानीय बासिन्दा। लिच्ची एक मुठा (५० दाना) को सय रुपियाँका दरले बिक्री भइरहेको व्यापारी बताउँछन्। तस्बिर- नवीन गड्तौला-रासस  

    • प्रकाशित मितिः जेठ १३, २०८३
    • 226 पटक पढिएको
    • नेपाल रेखा
  • साइकलमा दूध ढुवानी

    सुनसरीको इनरुवा नगरपालिका-४ मा  साइकलमा दूध बाेकेर इनरुवा बजारमा बिक्री गर्न लैजाँदै किसान । तस्बिर - नवीन गड्तौला

    • प्रकाशित मितिः जेठ १२, २०८३
    • 197 पटक पढिएको
    • नेपाल रेखा
  • मकै दाउनी

    सुनसरीको कोसी गाउँपालिका–३ मा थ्रेसर मेसिन (आधुनिक प्रविधि) बाट मकै दाउनी गर्दै किसान। यतिबेला यहाँका किसानलाई मकै थन्क्याउने चटारो छ । तस्बिर- नवीन गड्तौला-रासस  

    • प्रकाशित मितिः जेठ ७, २०८३
    • 200 पटक पढिएको
    • नेपाल रेखा
  • लटरम्म फलेको लिच्ची

    सुनसरीको इनरुवा नगरपालिका-४ स्थित स्थानीयको बारीमा लटरम्म फलेको लिची । तस्बिर- नवीन गड्तौला-रासस  

    • प्रकाशित मितिः जेठ ५, २०८३
    • 199 पटक पढिएको
    • नेपाल रेखा
  • बीउ बैंकमार्फत रैथाने बाली संरक्षणमा जुट्दै षडानन्द नगरपालिका

    भोजपुर । षडानन्द नगरपालिकाले रैथाने बालीको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले बीउ बैंक स्थापना गरी प्रभावकारी अभियान सुरु गरेको छ । परम्परागत रूपमा खेती हुँदै आएका स्थानीय बाली हराउँदै जाने जोखिम बढ्दै गएपछि नगरपालिकाले दीर्घकालीन सोचसहित संरक्षण अभियान अघि बढाएको हो ।किसानलाई गुणस्तरीय रैथाने बीउ उपलब्ध गराउने, लोपोन्मुख अवस्थामा पुगेका स्थानीय जातका बाली पुनः उत्पादनमा ल्याउने तथा कृषि जैविक विविधता जोगाउने लक्ष्यसहित बीउ बैंक स्थापना गरिएको नगरपालिकाका प्रमुख सुरेन्द्रकुमार उदासले जानकारी दिनुभयो । यस अभियानले स्थानीयस्तरमा रैथाने बालीको संरक्षणमा ठोस योगदान पुग्ने उहाँको भनाइ छ ।&ldqu

    • प्रकाशित मितिः जेठ ३, २०८३
    • 199 पटक पढिएको
    • नेपाल रेखा
  • स्याउ खेती

    म्याग्दीको बेनी नगरपालिका-५ गाजनेमा स्याउ खेती गरिएको कृषि फार्म । यहाँ प्रविन कृषि तथा पशुपंक्षी फार्मले ३० रोपनी जग्गामा तीन हजार स्याउका कलमी बिरुवा रोपेको छ । तस्बिर - सन्तोष गौतम-रासस  

    • प्रकाशित मितिः जेठ ३, २०८३
    • 195 पटक पढिएको
    • नेपाल रेखा
  • मार्सीधान रोप्दै किसान

    जुम्लाको चन्दननाथ नगरपालिका-२ भण्डारीवाडाका किसान खेतमा मार्सीधान रोप्दै । तस्बिर- विजय रावत-रासस  

    • प्रकाशित मितिः वैशाख ३१, २०८३
    • 382 पटक पढिएको
    • नेपाल रेखा

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]