मौसमसम्बन्धी भ्रामक सूचना सम्प्रेषण भइरहेकोप्रति ध्यानाकर्षण

  • साउन ३०, २०८२ / नेपाल रेखा
alt

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले मौसम तथा बाढीसम्मन्धी भ्राकम तथा अपुष्ट सूचना सार्वजनिक भइरहेको भन्दै ध्यानाकर्षण भएको जनाएको छ ।्
विभागकी प्रवक्ता विभूति पोखरेलले त्यस्ता सूचनाको विश्वास नगर्न अनुरोध गर्दै विभागको आधिकारिक वेबसाइट र सामाजिक सञ्जालमा प्रेषित सूचनाहरू प्रयोग गर्न अनुरोध गर्नुभएको छ ।
उहाँले भन्नुभएको छ, ‘हाल विभिन्न व्यक्ति तथा निकायले सामाजिक सञ्जाललगायतका माध्यममार्फत मौसम तथा बाढीसम्बन्धी भ्रामक तथा अपुष्ट पूर्वसूचना सम्प्रेषण गर्ने कार्य भइरहेका कारण सर्वसाधारणमा अन्योल सृजना भई जनगुनासाहरू प्राप्त भएकाले यस विभागको ध्यानाकर्षण भएको छ ।’
उहाँले मौसम तथा बाढीसम्बन्धी पूर्वसूचना अतिसंवेदनशील विषय भएकाले आधिकारित सूचना प्रयोग गर्न अनुरोध पनि गर्नुभएको छ ।
विभागले आज जारी गरेको सूचनामा भनिएको छ, ‘मौसम तथा बाढीसम्बन्धी पूर्वसूचना अतिसंवेदनशील विषय भएकाले तल उल्लेखित विभागको आधिकारिक वेबसाइट तथा सामाजिक सञ्जालमा प्रेषित सूचना प्रयोग गर्न आम सर्वसाधारण तथा सम्बन्धित सबै सरोकारवालामा हार्दिक अनुरोध गरिन्छ ।’

आज महाअष्टमी पर्व मन ...

काठमाडौँ।आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी प ...

गोरखा दरबारबाट विधिप ...

गोरखा । बडादसैँको सातौँ दिन शनिवार गोरखा दरबारको दसैँघर ...

पूर्ण लोकतन्त्रको सङ ...

– सरोजकुमार मिश्र मधेसी समाजमा एउटा निकै प्रचलित ...

आज फूलपाती भित्र्याइ ...

काठमाडौँ । नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा न ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]