नहर छ, पानी छैन

  • साउन १३, २०८२ / नेपाल रेखा
alt

सिरहा । लहान–१० स्थित ग्रामीण चोकबाट उत्तरतर्फ खुट्टी नदीसम्म सहरी क्षेत्रमा फैलिएको खुट्टी सिँचाइ नहरको अवस्था अत्यन्तै दयनीय बनेको छ । प्रदेश सरकारको आठ करोड ७२ लाख लगानीमा २०७८ सालमा निर्माण भएको नहर हाल अलपत्र अवस्थामा पुगेको छ ।
सिँचाइका लागि निर्माण गरिएको नहर अहिले ठाउँठाउँमा जमेको फोहर, झारपात र ढल मिसिएको पानीले दुर्गन्ध फैलाउने अवस्थामा पुगेको छ । स्थानीयवासी तथा खुट्टी नहर सिँचाइ सङ्घर्ष समितिले पटकपटक आवाज उठाउँदा पनि सम्बन्धित निकायले बेवास्ता गर्दै आएको जनाइएको छ ।
सङ्घर्ष समितिका संयोजक धर्मराज चौधरी, सदस्य हेमन्त यादव, अजय चौधरीलगायतले मधेस प्रदेश सरकारका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखी समक्ष सोमबार गुनासो पोख्दै नगर मर्मत गर्न आग्रह गरेका छन् ।
उहाँहरूले नहर सञ्चालनका लागि छुट्याइएको रु १५ लाख अपार्याप्त रहेको जनाउँदै पुनः ध्यानाकर्षण गराउनुभएको छ ।
मन्त्री लेखीले किसानहरूको समस्या सम्बन्धित मन्त्रालय र विभाग बढी जिम्मेवार रहेको औँल्याउँदै आफूबाट आवश्यक पहल गर्ने प्रतिबद्धता जनाउनुभयो ।

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

उद्धार उडानको प्रतीक ...

रसुवाकाे गोसाईकुण्डबाट फर्किएर अलपत्र अवस्थाम ...

बाढीका पीडितलाई डब्ल ...

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले रसुवाक ...

प्रभावित जिल्लामा तत ...

काठमाडौँ । सरकारले आपत्कालीन व्यवस्थापनका लागि प्रभावित ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]