विराटनगर महानगरपालिकाद्वारा ४ अर्व ४० लाख बजेट सार्वजनिक

  • असार ११, २०८२ / नेपाल रेखा
alt

कुमोद अधिकारी
विराटनगर । विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि चार अर्ब ४० लाखको बजेट सार्वजनिक गरिएको छ ।
विराटनगर महानगरपालिकाले मंगलबार आयोजित नगरसभाको १६ औं अधिवेशनमा महानगरपालिकाका उपप्रमुख शिल्पा निराला कार्कीले वजेट सार्वजनिक गरेकी हुन् । महानगरको वजेटले पूर्वाधार विकास, वडास्तरीय योजना र सामाजिक क्षेत्रलाई महत्व दिएको छ । बजेटको आम्दानीको स्रोत संघीय सरकार वित्तिय समानीकरण अनुदान ३४ करोड ३४ लाख, प्रदेश सरकार वित्तिय समानीकरण अनुदान तीन करोट ६२ लाख ३० हजार, राजस्व बाँडफाँटबाट प्राप्त हुने राजस्वमध्ये मुल्य अभिवृद्धि कर १५ करोड ३९ लाख, अन्तःशुल्क पाँच करोड, १३ लाख, मनोरञ्जन तथा विज्ञापन कर एक करोड, सावारी साधन कर तीन करोड आठ लाख, घरजग्गा रजिस्ट्रेशन ९४ करोड ६० लाख तीन हजार प्राप्त हुने अनुमान वजेटको रहेको उपमेयर कार्कीले वताइन् ।
यसैगरी आन्तरीक राजस्वतर्फ एक अर्ब ४० करोड, संघीय सरकार सशर्त र समपुरक अनुदान ८३ करोड ३४ लाख, प्रदेश सरकार ससर्त अनुदान चार करोड २३ लाख ६७ हजार, सडक बोर्ड नेपाल एक करोड ५० लाख, अन्य संघसंस्था १६ लाख, नगद मौज्जात १४ करोड गरी चार अर्ब ४० लाखको वजेट महानगरले प्रस्तुत गरेको छ ।
यसैगरी वजेटमा महानगरपालिकाले छोरी बचाउ छोरी पढाउ कार्यक्रमलाई निरन्तरता दिदै गर्भवती महिला, जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिहरुका लागि अस्पताल जानका लागि निःशुल्क एम्बुलेन्स तथा विराटनगरबासीका लागि प्रदान गर्र्दै आएको शववाहन सेवालाई निरन्तरता दिएको छ ।
एक घर एक रोजगारी भन्ने मुल नाराका साथ लक्षित वर्गका लागि विविध क्षेत्रहरुमा निःशुल्क प्रशिक्षण तथा तयारी कक्षाहरु सञ्चालन गरी रोजगारीको वातावरण सिर्जना गर्ने, नवप्रवर्तनमा आधारीत उद्योगहरुको स्थापना गर्न महानगरबासीहरुको प्रोत्साहित गर्नुका सार्थ बिँउपुजीको आवश्यक प्रबन्ध गर्ने, महानगर रोजगार मेलालाई निरन्तरता दिई थप रोजगारी सिर्जना गर्ने, ऐतिहासिक विराटराजा दरबार क्षेत्रत्रलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्दै लगिने कार्यक्रमलाई वजेटले निरन्तरता दिएको छ ।
यस्तै पिउने पानीको निःशुल्क आर्सेनिक परीक्षण कार्यक्रमलाई निरन्तरता दिइने छ ।
महानगरभित्र सञ्चालित उज्यालो विराटनगर अभियानलाई निरन्तरता दिएको छ । सडक बत्तीहरुको प्रभावकारी सञ्चालनका लागि आवश्यक जनशक्ति, उपकरण तथा भौतिक सामाग्रीहरुको व्यवस्थापन गर्ने नीति कार्यक्रम तथा बजेटमा उल्लेख छ । कर करले हैन रहरले तिरौ भन्ने नाराका साथ करदाता शिक्षा अभियान संचालन गरी आन्तरीक आय वृद्धि गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
सो अवसरमा महानगरपालिकाको उत्कृष्ठ कर्मचारीको रुपमा महानगरपालिका नगर प्रहरीका हवल्दार शम्भु घिमिरेलाई एकतह वढुवा गर्दै सम्मान गरिएको थियो ।

मनकारी विद्यार्थीहरू ...

डि पी ढुंगेल मोरङ । रङ्गेली नगरपालिका–१ स्थित श्र ...

शव व्यवस्थापन गरिँदै ...

भोटेकोशी बाढीपछि खोजी तथा उद्धारका क्रममा भेट ...

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]