हुलाकी मार्ग अभियानः सडकभरि स्वागत, चोकचोकमा सभा

  • फागुन २३, २०८१ / नेपाल रेखा
alt

सर्लाही । नेकपा माओवादी केन्द्रले सुरु गरेको जनतासँग माओवादी, तराई मधेस जागरण अभियान आज सर्लाही जिल्लामा रहेको छ ।
फागुन १२ गते झापाको कचनकवलबाट सुरु भएको अभियान झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी हुँदै सर्लाही आएको हो । आजै सर्लाहीका कार्यक्रम सकेर अभियान टोली रौतहट जाने छ ।
अभियानको जिल्ला बढ्दै गर्दा जनसहभागिता पनि बढ्दै गएको छ । विहान ६ बजे मर्निङ वाक गरेर सुरु गरिने अभियानका कार्यक्रम राति ९ बजेसम्म चल्ने गरेका छन् । अभियानको क्रममा सडकैभरि फूलमाला बोकेर उभिएका सयौं कार्यकर्ता र शुभेच्छुकले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहित नेताहरुलाई स्वागत गर्ने गरेका छन् । स्वागतमा सबै उमेर समूह र बढी महिलाहरु सडकमा आउने गरेका छन् । स्वागतपछि चोकचोकमा चोक सभा हुने गरेको छ भने एक जिल्लामा एक मुख्य सभा हुने गरेको छ ।
सर्लाहीमा प्रवेश गरेपछि हिजोदेखि विभिन्न स्थानमा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीका स्थानीय कमिटीहरुले संयुक्त स्वागत कार्यक्रम राखेका छन्। सो पार्टीका अध्यक्ष महेन्द्रराय यादव पनि अभियानमा सहभागी हुनुहुन्छ ।
हुलाकी मार्गमा पर्ने स्थानीय तहहरुले अभियान टोलीलाई स्वागत गरिरहेका छन् । जुन दलबाट जितेका जनप्रतिनिधि भए पनि पूर्वप्रधानमन्त्रीसहित देशका शीर्ष नेता गाउँमा आउनुलाई अवसरको रुपमा लिएर उनीहरुले स्वागत गर्ने गरेका छन् ।
अभियान टोलीले जनताकै घरमा सामूहिक रुपमा खाना खाने र बाँडिएर बस्ने गरेको छ । आज सर्लाहीमा अभियान टोली विहानै पर्सा गाउँपालिकाको मुस्लिम वस्तीमा पुगेर रमजानको शुभकामना आदान प्रदान गरेको थियो । त्यसपछि चन्द्रनगर, ब्रह्म्पुरी गाउँपालिकाका विभिन्न स्थानमा जनभेट्घाट, स्वागत र चोकसभा सप्पन्न भएका छन् भने मङ्गलवामा जनसभा हुँदैछ ।

आज महाअष्टमी पर्व मन ...

काठमाडौँ।आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी प ...

गोरखा दरबारबाट विधिप ...

गोरखा । बडादसैँको सातौँ दिन शनिवार गोरखा दरबारको दसैँघर ...

पूर्ण लोकतन्त्रको सङ ...

– सरोजकुमार मिश्र मधेसी समाजमा एउटा निकै प्रचलित ...

आज फूलपाती भित्र्याइ ...

काठमाडौँ । नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा न ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]