नेकपा (माओवादी केन्द्र) सुन्दरहरैंचा नगर अध्यक्षमा रोहितकुमार चौधरी

  • माघ २४, २०८१ / नेपाल रेखा
alt

इटहरी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सुन्दरहरैचाको दोश्रो नगर अधिवेशनबाट रोहितकुमार चौधरी सर्बसहमतरुपमा नगर कमिटिको अध्यक्ष चयन भएका छन् ।
वुधवार सम्पन्न बन्दसत्रबाट चौधरी अध्यक्ष भएको निर्वाचन समिति संयोजक चन्द्रबहादुर सुवेदीले जानकारी दिएका छन् ।
नगर कमिटिको उपाध्यक्षहरुमा–दीपा अधिकारी, सीमा चौधरी, हर्क पाहिम (लिम्बू) पनि सर्वसहमत भएका छन् । नगर कमिटिको सचिवमा फुलसरा घिसिङ्ग (तामाङ्ग), सहसचिवमा कल्पना विश्वकर्मा र कोषाध्यक्षमा टिकादेवी भट्टराई चयन भएको निर्वाचन समितिले जनाएकोछ । निर्वाचन समितिमा कृष्ण दाहाल र जिवराज बन्जरा सदस्य रहेका थिए । माओवादी केन्द्रको सुन्दरहरैंचा नगर कमिटि ४९ सदस्यीय रहेकोछ ।
सो नगर कमिटिको निवर्तमान अध्यक्ष दुष्यान्त भट्टराई नवनिर्वाचित कमिटिलाई बधाई एवम् शुभकामना दिएका छन् ।
भट्टराईले आफ्नो कार्यकालमा सहयोग गर्नु हुने सबैलाई धन्यवाद पनि व्यक्त गरेका छन् । उनले समाज सेवा र राजनीतिक रुपान्तरणको आन्दोलनमा निरन्तर लागिपर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।
यही माघ १६ गते पार्टीका केन्द्रीय उपमहासचिव हरिबोल गजुरेल (
नगर अधिवेशनको उद्घाटन गरेका थिए । उद्घाटन सत्रमा राष्ट्रिय सभाका प्रमुख सचेतक गोपीबहादुर अच्छामी, पार्टी प्रदेश १ अध्यक्ष हर्कबहादुर नेम्वाङ (मिक्सो), प्रतिनिधिसभा सदस्य अमनलाल मोदी पार्टीका मोरङ जिल्ला इन्चार्ज कुशल लिम्बू, प्रदेश १ सभा सदस्य गिता तिम्सिना, केन्द्रीय सदस्य अरुण सुन्दास, केन्द्रिय सदस्य, सामना प्रदेश सहसचिव कुमारी राई, मोरङ जिल्ला संयोजक विजय विश्वास, सचिव प्रकाश पौडेललगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

सुन्तला ...

तनहुँको बन्दीपुर गाउँपालिका -४ , रिपका किसान ...

प्रविधिले किसानलाई स ...

सुनसरीको इनरुवा नगरपालिका-९ मा ठूलो कम् ...

यामाहा तिरुपति अटोसि ...

इटहरी । दयाल वर्कसपमा तिरुपति अटोसिटीले यही मंसिर २१ दे ...

खानेपानी व्यवस्थापन ...

सुनसरीको इनरुवा नगरपालिका-१ स्थित टेम्पो स्टेन्डदेखि बल ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]