नेकपा (माओवादी केन्द्र) इटहरी उपमहानगर कमिटि अध्यक्षमा राजकुमार आचार्य

  • माघ १७, २०८१ / नेपाल रेखा
alt

इटहरी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) इटहरी उपमहानगर कमिटिको अध्यक्षमा राजकुमार आचार्य सर्वसहमत अध्यक्षमा चुनिएका छन् ।
बिहीवार भएको बन्दसत्रबाट आचार्य अध्यक्षमा सर्वसहमत भएका हुन् । अधिवेशन वुधवार उद्घाटन गरिएको थियो ।
तीन उपाध्यक्षहरुमा भिनेस्वर चौधरी, सृजना राई (अर्चना) र मीन कुमार मगर रहेका छन् । सचिवमा राम नेङ्वाङ, सहसचिवमा राजकुमार गजमेर, कोषाध्यक्षमा कुमार तामाङ पनि सर्वसहमत भएका छन् । माओवादी केन्द्रको नवनिर्वाचित कमिटि ८१ सदस्यीय रहेको छ ।
माओवादी केन्द्र इटहरी उपमहानगर कमिटिको दोस्रो अधिवेशन सहिद दिवसको अवसर पारेर उद्घाटन गरिएको हो । इटहरी चोकमा भेला भएका माओवादी नेता, कार्यकर्ताहरुले र्यालीसहित चोक परिक्रमा गरेका थिए । र्याली इटहरी–४ को माङहिङ मन्दिरको सभाहलमा पुगेर औपचारिक कार्यक्रममा परिणत भएको थियो ।
उद्घाटन सत्रलाई सो पार्टीका केन्द्रीय उपमहासचिव एवम् प्रदेश १ इन्चार्ज हरिबोल गजुरेल (सितलकुमार), केन्द्रीय सदस्य एवम् सुनसरी जिल्ला इन्चार्ज निर्मल बराल, प्रदेश १ अध्यक्ष हर्कबहादुर नेम्वाङ्ग (मिक्सो) केन्द्रीय सदस्य, सरस्वती पोखरेल, प्रदेश उपाध्यक्ष शिव डाँगीले शुभकामना दिएका थिए ।
त्यसैगरि, इटहरी उपमहानगर कमिटि इन्चार्ज मदन चुडाल, धरान उपमहानगरपालिका उपप्रमुख आइन्द्रविक्रम वेघा, माओवादी केन्द्र धरान अध्यक्ष उद्धव लिम्बूलगायतले पनि अधिवेशन सफलताको शुभकामना दिएका थिए ।
अधिवेशन उद्घाटन सत्रको संचालन उपमहानगर कमिटि सचिव राजकुमार आचार्य र सभापतित्व अध्यक्ष बहादुरसिंह तामाङ्ग (ज्वाला) ले गरेका थिए ।

सुन्तला ...

तनहुँको बन्दीपुर गाउँपालिका -४ , रिपका किसान ...

प्रविधिले किसानलाई स ...

सुनसरीको इनरुवा नगरपालिका-९ मा ठूलो कम् ...

यामाहा तिरुपति अटोसि ...

इटहरी । दयाल वर्कसपमा तिरुपति अटोसिटीले यही मंसिर २१ दे ...

खानेपानी व्यवस्थापन ...

सुनसरीको इनरुवा नगरपालिका-१ स्थित टेम्पो स्टेन्डदेखि बल ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]