नेकपा (माओवादी केन्द्र) को दोस्रो इटहरी अधिवेशन सुरु

  • माघ १७, २०८१ / नेपाल रेखा
alt

इटहरी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को अधिवेशन वुधवार उद्घाटन गरिएको छ ।
माओवादी केन्द्र इटहरी उपमहानगर कमिटिको दोस्रो अधिवेशन सहिद दिवसको अवसर पारेर उद्घाटन गरिएको हो । इटहरी चोकमा भेला भएका माओवादी नेता, कार्यकर्ताहरुले र्यालीसहित चोक परिक्रमा गरेका थिए । र्याली इटहरी–४ को माङहिङ मन्दिरको सभाहलमा पुगेर औपचारिक कार्यक्रममा परिणत भएको थियो ।
उद्घाटन सत्रलाई सो पार्टीका केन्द्रीय उपमहासचिव एवम् प्रदेश १ इन्चार्ज हरिबोल गजुरेल (सितलकुमार), केन्द्रीय सदस्य एवम् सुनसरी जिल्ला इन्चार्ज निर्मल बराल, प्रदेश १ अध्यक्ष हर्कबहादुर नेम्वाङ्ग (मिक्सो) केन्द्रीय सदस्य, सरस्वती पोखरेल, प्रदेश उपाध्यक्ष शिव डाँगीले शुभकामना दिएका थिए ।
त्यसैगरि, इटहरी उपमहानगर कमिटि इन्चार्ज मदन चुडाल, धरान उपमहानगरपालिका उपप्रमुख आइन्द्रविक्रम वेघा, माओवादी केन्द्र धरान अध्यक्ष उद्धव लिम्बूलगायतले पनि अधिवेशन सफलताको शुभकामना दिएका थिए ।
अधिवेशन उद्घाटन सत्रको संचालन उपमहानगर कमिटि सचिव राजकुमार आचार्य र सभापतित्व अध्यक्ष बहादुरसिंह तामाङ्ग (ज्वाला) ले गरेका थिए ।

तीव्र गतिको हावाहुरी ...

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्था ...

वागेश्वरी मन्दिर ...

बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-२ स्थित घरबा ...

एस.ई.ई. स्पिकर प्रति ...

धरान । र्याडिकल लाईट नेपाल प्रा.लि. धरानको आयोजनामा सञ् ...

सामाजिक सुरक्षा भत्त ...

सुनसरीको इनरुवा नगरपालिका–१ स्थित एनआईएमबी बैंकअग ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]