इटहरीमा राष्ट्रिय मुक्ति मार्च

  • पुस २१, २०८१ / नेपाल रेखा
alt

राजन केडी
इटहरी । नेपाल कम्युनिष्ट पार्टीको आयोजनामा थालिएको राष्ट्रिय मुक्ति मार्च आइतबार इटहरी आइपुगेकोछ ।
११ दिन अघि पूर्व मेचीपुलबाट सुरु भएको मार्च पुष २१ गते आइतबार सुनसरीको इटहरी आइपुगेको हो । पुस ११ गते माओ दिवसको अवसर पारेर राष्ट्रिय मुक्ति मार्च थालिएको सो पार्टीका केन्द्रीय सदस्य बालकृष्ण गजमेर (इस्लाम)ले बताए ।
माओ त्से तुङ एक चिनियाँ क्रान्तिकारी, राजनीतिक विचारक थिए । उनकै नेतृत्वमा चीनको क्रान्ति सफल भएको थियो । माओले जनवादी गणतन्त्र चीनको स्थापना भएको साल सन् १९४९ देखि सन् १९७६ सम्म चीनको नेतृत्व सम्हालेका थिए ।
माओ दिवसका दिन नेपालका कम्युनिष्ट घटकहरुले विविध कार्यक्रम गरि मनाउने क्रम अन्तरगत सो पार्टीले राष्ट्रिय मुक्ति मार्च थालेको थियो । मार्च टोलीले आइतबार इटहरीमा कोणसभासमेत गरेकोछ । कोणसभालाई सो पार्टीका केन्द्रीय सहसंयोजक हरिकृष्ण गजुरेलले सम्बोधन गरेका थिए । मार्च टोलीको नेतासमेत रहेका उनले विदेशी उत्पीडन र निजीकरणको अन्त्य गर्न दबाब दिने उद्देश्यले आफूहरु मैदानमा उत्रिएको बताए । मुक्ति मार्च अभियानले राष्ट्रिय मुक्ति क्रान्ति र स्वाधिन र साम्यवादी गणतन्त्रको यात्रालाई थप मजबुद बनाउने उनले बताए । कोणसभालाई सो पार्टीकी केन्द्रीय सदस्य इन्दिरा अधिकारीले सम्बोधन गर्दै समाजमा भइरहेका महिला हिंसा अन्त्यका लागि आफूहरुले राष्ट्रिय मुक्ति अभियान थालेको बताइन् ।
यो यात्रा चितवन पुगेर समापन हुनेछ । पश्चिमको गड्डाचौकीबाट थालिएको सो पार्टीको अभियान टोली पनि त्यही आइपुग्ने र समापन हुने बताइएकोछ ।

तीव्र गतिको हावाहुरी ...

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्था ...

वागेश्वरी मन्दिर ...

बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-२ स्थित घरबा ...

एस.ई.ई. स्पिकर प्रति ...

धरान । र्याडिकल लाईट नेपाल प्रा.लि. धरानको आयोजनामा सञ् ...

सामाजिक सुरक्षा भत्त ...

सुनसरीको इनरुवा नगरपालिका–१ स्थित एनआईएमबी बैंकअग ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]