राजस्व चुहावट नियन्त्रणका लागि संयुक्त रणनीति

  • कार्तिक १४, २०८१ / नेपाल रेखा
alt

काठमाडौँ । सरकारले राजस्व चुहावट नियन्त्रणका लागि रणनीति तय गरेको छ । त्यसका लागि राजस्व प्रशासनका तीन महत्वपूर्ण विभागले संयुक्त रणनीति तय गरेर कार्यान्वयनमा जाने भएको जनाइएको छ ।
भन्सार विभाग, आन्तरिक राजस्व विभाग र राजस्व अनुसन्धान विभागका विभागीय प्रमुखसहित उच्च पदस्थ अधिकारीहरू संलग्न बैठकले राजस्व चुहावट नियन्त्रणका लागि संयुक्त रणनीति तय गरेर कार्यान्वयनमा जाने निर्णय गरेको अर्थ मन्त्रालयले जनाएको छ ।
बैठकले अन्तर विभागीय समन्वय बढाउने र आपसमा सूचना आदान प्रदान तथा सहकार्यलाई थप मजवुत बनाउने समेत निर्णय गरेको छ ।
चालु आर्थिक वर्षको पहिलो तीन महिनामा गत वर्षको सोही अवधिको तुलनामा १३ दशमलव तीन प्रतिशतले राजस्व वृद्धि भएको छ । सरकारले चालु आवमा १४ खर्ब १९ अर्ब ३० करोड ३० लाख बराबरको राजश्व उठाउने लक्ष्य राखेको छ । त्यसमा कर राजश्व मात्रै १२ खर्ब ८४ अर्ब बराबर छ ।
महालेखा नियन्त्रक कार्यालयका अनुसार आजसम्म दुई खर्ब ७२ अर्ब ८२ करोड बराबर राजस्व सङ्कलन भएको छ । यो कूल लक्ष्यको १९ दशमलव २२ प्रतिशत हो ।

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

उद्धार उडानको प्रतीक ...

रसुवाकाे गोसाईकुण्डबाट फर्किएर अलपत्र अवस्थाम ...

बाढीका पीडितलाई डब्ल ...

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले रसुवाक ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]