रोट्रयाक्ट क्लब वातावरण संरक्षणका लागि इभी गाडीको र्याली

  • भदौ ९, २०८१ / नेपाल रेखा
alt

विराटनगर । रोट्रयाक्ट क्लब अफ विराटनगर सेन्ट्रलले वातावरण संरक्षणका लागि इभी गाडीको सचेतनामूलक ¥याली निकालेको छ ।
विराटनगरस्थित मारवाडी सेवा सदनमा आयोजित कार्यक्रममा विराटनगर महानगरपालिकाकी उपमेयर शिल्पा निराला कार्की, मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई र मोरङका प्रहरी प्रमुख एसपी नवराज कार्कीले ¥यालीको सफलताको शुभकामना व्यक्त गरेका थिए । उपमेयर कार्कीले वातावरण संरक्षणका लागि सचेतनामूलक नारा लेखिएको स्टीकर टाँसेर ¥यालीको शुभारम्भ गरिन् । कार्यक्रमलाई सम्बोधन गर्दैै प्रमुख अतिथिसमेत रहेकी उपमेर कार्कीले वातावरण संरक्षण गर्नु सबैको दायित्व भएको उल्लेख गरिन् । नेपालजस्तो ऊर्जाको प्रचुर सम्भावना भएको मुलुकमा इभी गाडीको प्रयोग अत्यन्तै उपयुक्त भएको उनको भनाइ थियो । इभी गाडी वातावरणमैत्रीसमेत भएकाले पेट्रोलियम गाडीको सट्टा इभी गाडीको प्रयोग गर्नु उपयुक्त हुने उपमेयर कार्कीको ठम्याइ थियो । कार्यक्रमका मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले पेट्रोलियम पदार्थबाट चल्नेभन्दा विद्युतबाट चल्ने गाडीको माग विश्वमै बढ्दै गएको बताए । उनले पेटूोलियम पदार्थको उत्पादनसमेत घट्दै गएका कारण विद्युतीय र सौर्य गाडी सञ्चालनमा जोड दिए । पेट्रोलियम पदार्थबाट सञ्चालित गाडीका कारण वातावरणमा समेत प्रतिकूल असर पर्ने उनको भनाइ थियो ।
वातावरण संरक्षणका लागि सबै नागरिकलाई सचेत गराउन इभी गाडीको ¥याली निकालिएको कार्यक्रम संयोजक आश्रेय कोइरालाले जानकारी दिए । वातावरण संरक्षणका लागि अन्य कार्यक्रमसमेत सञ्चालन गर्ने उनले बताए । ¥यालीमा विभिन्न कम्पनीका करिब ३० वटा गाडी सहभागी भएको आयोजक संस्थाका अध्यक्ष कुशल साहले जानकारी दिए । मारवाडी सेवा सदनबाट सुरु भएको ¥याली तीनपैनी चोक, पुष्पलालचोक, दूधफारम, बरगाछी, महेन्द्रचोक, बसपार्क, रोडशेषचोक, ट्राफिक चोक, जलजलाचोक, गोल्छाचोक हुँदै विराटनगर महानगरपालिकामा पुगेर समापन भएको थियो । यसअघि क्लबले जिल्ला प्रशासन चोकदेखि कोशी अस्पतालसम्म वृक्षारोपणसमेत गरेको थियो ।

मनकारी विद्यार्थीहरू ...

डि पी ढुंगेल मोरङ । रङ्गेली नगरपालिका–१ स्थित श्र ...

शव व्यवस्थापन गरिँदै ...

भोटेकोशी बाढीपछि खोजी तथा उद्धारका क्रममा भेट ...

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]