खनार बुढीखोलामा सब दाह स्थल निर्माण हुँदै

  • वैशाख ८, २०८० / नेपाल रेखा
alt

इटहरी । परापूर्व कालदेखि इटहरी वडा नम्बर १०, ११, १२, १३ र १४ तथा बुढीगंगा गाउँपालिकाको वडा नं. ५ र ६ समेतका स्थानीयहरुले मृत्यु पश्चात सव दहन (दाह संस्कार) गर्नका लागि प्रयोग गर्दै आएको इटहरी उपमहानगरपालिका वडा नं. ११ स्थित बुढीखोला पुलको दक्षिण तटलाई प्रयोग गर्दै आइएको छ ।
सुनसरी मोरङ्ग सिँचाई आयोजनाले ३५ करोडको लगानीमा नहरमा बगेको बुढीखोला पुलको संरक्षण र पानीको बहाब इनर्जी कन्ट्रोलका लागि पुलको दक्षिण तर्फ १६५ मिटर भित्र स्लोपिङ्ग आर.सि.सि. ढलान, पोखरी, ब्लक जाली विछ्याउने कार्य अगाडि बढाएकोले परम्परा देखि दाह संस्कारका लागि प्रयोग हुँदै आएको भूभाग क्षतिग्रस्त हुन जाने अवस्थालाई अध्ययन गरी स्थानीयहरुको छलफलमा बसेको भेलाले भविष्यमा आइपर्ने अवस्था संवोधन गर्न ५ वटै वडाका अध्यक्षहरु, प्राविधिक, उपमहानगरपालिकाका वातावरण अधिकृत, वृद्धिजीवि, समाजसेवी, मठ मन्दिरका अध्यक्ष समेतको सहभागीतामा भएको १३ सदस्यीय समस्या निरुपण पहल कमिटि गठन गरेको छ । जसको संयोजक समाजसेवी खगेन्द्र श्रेष्ठ रहेका छन् ।
पहल कमिटिले गरेको समस्याको सम्बोधनलाई सुनसरी मोरङ्ग सिँचाई आयोजनाले वास्तविकतालाई अध्ययन गरी साइटमा दाह संस्कार चेम्बर (स्थल) बनाईदिने सहमतिमा पुगेको हो । शुक्रबार सिँचाई आयोजनाका डिभिजन इन्जिनियर राम प्रसाद अर्यालको स्थलगत अध्ययन र छलफलमा योजनाको काम सँगै संस्कार स्थल निर्माण कार्यलाई पनि अघि वढाउन सहयोग पुग्ने कुरा बताउँदै स्थलको छनौट र डिपिआर नक्साङ्कन छिट्टै बनाई पठाउन समितिलाई आश्वासन दिएको छ ।
घाटमा ३ थान सब दहन गृह बनाइने र सो मध्ये १ थान डिजेल प्लाष्ट सहितको चेम्बर बनाइने समितिका संयोजक खगेन्द्र श्रेष्ठले उद्घोस गरेको वडा नं. १२ का अध्यक्ष भुवनराज पोखरलले बताए । दिनानुदिन खोलानालाको संरचना, वातावरणीय प्रभाव विग्रदै गएकाले अब बन्ने संरचनाहरु वातावरणमैत्री हुनुपर्ने र त्यसले गाउँबस्ती तथा खोलानालालाई समेत असर नपार्ने किसिमले निर्माण गर्नुपर्ने स्थानीयहरु बताउँछन् भने कुनै पनि विकास योजना स्थानीयको साथ सहयोग र समर्थनमा निर्माण भए त्यसले दिर्घकालसम्म सार्थकता पाउनेमा आम सर्वधारणको बुझाइ रहेको छ ।

vuwan pokharel

आज महाअष्टमी पर्व मन ...

काठमाडौँ।आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी प ...

गोरखा दरबारबाट विधिप ...

गोरखा । बडादसैँको सातौँ दिन शनिवार गोरखा दरबारको दसैँघर ...

पूर्ण लोकतन्त्रको सङ ...

– सरोजकुमार मिश्र मधेसी समाजमा एउटा निकै प्रचलित ...

आज फूलपाती भित्र्याइ ...

काठमाडौँ । नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा न ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]