मेयर कोइरालाद्वारा श्मसान घाटको अवलोकन

  • वैशाख ८, २०८० / नेपाल रेखा
alt

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विराटनगर–७ स्थित श्मसान घाटको अवलोकन गर्नु भएको छ ।
सो अवसरमा घाट व्यवस्थापन समितिका अध्यक्ष वेनिगोपाल मुन्दडाले घाटलाई थप व्यवस्थित बनाउन महानगरका तर्फबाट बजेट छुट्याइदिन मेयर कोइरालासित आग्रह गर्नु भएको थियो । मुन्दडाले बाढीको जोखिम न्यूनीकरणका लागि घाटको उत्तरतर्फ तटबन्ध बनाउनुपर्नेमा जोड दिनुभयो । गत वर्षको बाढीले कटान गर्दा घाट जोखिममा परेको उहाँको भनाइ थियो । मेयर कोइरालाले आगामी आर्थिक वर्षको बजेटमा घाटका लागि बजेटको व्यवस्था गर्ने आश्वासन दिनुभयो । उहाँले श्मसान घाटलाई व्यवस्थित र आकर्षक बनाएकोमा मुन्दडासहित व्यवस्थपन समितिलाई धन्यवादसमेत दिनुभयो । सो अवसरमा वडा नम्बर ७ का अध्यक्ष मधुबाबु तिवारी, मेयरको निजी सचिवालयका सदस्यलगायतको सहभागिता रहेको थियो ।

आज महाअष्टमी पर्व मन ...

काठमाडौँ।आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी प ...

गोरखा दरबारबाट विधिप ...

गोरखा । बडादसैँको सातौँ दिन शनिवार गोरखा दरबारको दसैँघर ...

पूर्ण लोकतन्त्रको सङ ...

– सरोजकुमार मिश्र मधेसी समाजमा एउटा निकै प्रचलित ...

आज फूलपाती भित्र्याइ ...

काठमाडौँ । नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा न ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]