दशनामी समाजको राष्ट्रिय महाधिवेशन इटहरीमा हुदै

  • चैत २, २०७९ / नेपाल रेखा
alt

इटहरी । नेपाल दशनामी समाजको छैटौं राष्ट्रिय महाधिवेशन यही चैत्र ३ र ४ गते सुनसरीको इटहरीमा हुने भएको छ ।
समाजले विहीवार इटहरीमा पत्रकार सम्मेलन गरी महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ । महाधिवेशनमा प्रमुख अतिथि अनन्त श्री विभुषित प्रथम महिला जगत गुरु शंकराचार्य माता हेमानन्द गिरीजी महाराज रहने नेपाल दशनामी समाजका केन्द्रीय अध्यक्ष रुद्र गिरीले जानकारी दिए ।
वैदिक सनातन धर्मका आरध्यदेव शिवका सन्तान, आद्य गुरु शंकराचार्य का अनुयायी दशनाम (गिरी, पुरी, भारती, वन, सागर, सरस्वती, तिर्थ, आरण्य, पर्वत, आश्रम)को छाता संस्था नेपाल दशनामी समाज भएको पत्रकार सम्मेलनमा वितरित विज्ञप्तिमा जनाइएको छ ।
समाजलाई एकताको सुत्रमा बाँध्ने उद्देश्यका साथ २०५३ सालको महाशिवरात्रीको अवसर पारेर संस्थाको तदर्थ समिति गठन भएको थियो । २०५४ भाद्र ११ गते स्थापना भएको संस्थाको हाल ७ वटा प्रदेश र ६७ जिल्लामा संगठन विस्तार भएको छ ।
इटहरीमा हुने महाधिवेशनमा आउने प्रतिनिधिकालागि आवास लगायतको व्यवस्थापनमा आयोजक जुटेको छ । यो महाधिवेशनमा सांगठानिक र आर्थिक प्रतिवेदन पेश हुनेछ । साथै महाधिवेशनबाट नयाँ नेतृत्व चयन गरी दशनामी समाजको हक, अधिकार, पहिचानका सन्दर्भमा समसामयिक प्रस्ताव पारित हुनेछ ।

सिमरा सेजको चार सय न ...

वीरगञ्ज । सिमरास्थित विशेष आर्थिक क्षेत्र (सेज) प्राधिक ...

ट्राफिक नियम उल्लङ्घ ...

काठमाडौँ । के तपाईँ ट्राफिक नियम उल्लङ्घनमा परेपछि प्रह ...

नेपालका प्रजनन स्वास ...

काठमाडौँ । अष्ट्रेलियाको मेलबर्नमा चार दिनसम्म चलेको वि ...

स्वयम्भूनाथमा भक्तजन ...

२५७०औँ बुद्धजयन्तीका अवसरमा आज काठमाडौँको स्व ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]