विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले मोरङको रंगेली बजारको अनुगमन गरेको छ । उपभोक्ताको हकहित संरक्षण तथा स्वच्छ बजारका प्रवद्र्धनका लागि बजार अनुगमन गरिएको हो ।
मोरङका प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको टोलीले एकदर्जन किराना पसल मिठाइ तथा फलपुल लगायत बिभिन्न पसल तथा होटलहरुको अनुगमन गरेको हो ।
अनुगमनका क्रममा खाद्यान्न वस्तुहरुको उत्पादन मिति, व्याच नम्बर तथा ढक तराजुमा कैफियत देखिएकाले त्यस्ता पसलहरुलाई सचेत गराइको इलाका प्रशासन कार्यालय रंगेलीका प्रमुख उपेन्द्र राईले बताए ।
अनुगमन टोलीमा मोरङका प्रहरी प्रमुख शान्तिराज कोइराला, सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेल, रंगेली नगरपालिकाका उपप्रमुख भुमा पराजुली, रंगेली व्यापार संघका अध्यक्ष सन्तोष साह तथा इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरिक्षक शैलेस न्यौपाने तथा पत्रकारहरुको सहभागिता थियो । अनुगमनको क्रममा प्रमुख जिल्ला अधिकारी दाहालले खाद्यान्न लगायत बिभिन्न वस्तुहरु तोकेको मूल्यमा विक्रि गर्न व्यापारीहरुलाई सुझाव समेत दिए ।