सरकारको विरोध गर्दै इटहरीका व्यवसायी सडकमा

  • जेठ ३१, २०७९ / नेपाल रेखा
alt

इटहरी । बैक ब्याज बढाइएको तथा दोहोरो कर लगाइएको भन्दै सुनसरीको इटहरीमा व्यवसायीहरुले सरकारको विरोध गरेका छन् ।
इटहरी चेम्बर अफ कमर्शको आयोजनामा व्यवसायीहरुले बैक ब्याज घटाउनु पर्ने दोहोरो कर हटाउनु पर्ने लगायतको माग राखी विरोध प्रदर्शन गरेका हुन् ।
इटहरी उपमहानगरपालिका अगाडि व्यवसायीहरुले ब्याज दर सगरमाथा चढिसक्यो तपाई कता हो गभर्रनर ज्यु भन्ने नारा लगाउदै कालो पट्टी सहित विरोध प्रदर्शन गरे । विरोध प्रदर्शनका क्रममा इटहरी चेम्बर अफ कमर्शका अध्यक्ष गणेश कटुवालले व्यापार व्यवसायमा सहज हुने नीति ल्याउनु पर्नेमा सरकारले व्यापार व्यवसायका लागि समस्या हुने गरी नीति बनाएको आरोप लगाए । उनले पुँजीगत खर्च अध्यावधिक गर्नुको सट्टा ऋण र अनुदानमा मुलुक चलाउदा व्यापारी व्यवसायीहरु दोहोरो कर र ट्याक्सको मारमा परेको गुनासो गरे ।
प्रदर्शनमा सहभागी धनश्याम बरालले बैक व्याजमा छुट भनिएपनि बढेको पाइएको वताउदै यस्तो कार्यको विरोधमा उत्रनु परेको बताए ।
इटहरी चेम्बर अफ कमर्शका पूर्व अध्यक्ष तारा कटुवालले करको दर, व्याजदर बढेको छ, व्यवसायमा लागत बढेको छ भन्दै मुल्यवृद्धि भएकाले त्यसको विरोधमा प्रदर्शनमा उत्रन वाध्य भएको जानकारी गराए ।
इटहरीबाट सुरु भएको व्यापार व्यवसाय विरोध सरकारको नीतिको क्रमिक रुपमा सर्वत्र विरोध हुने विरोध प्रदर्शनमा सहभागीले प्रतिक्रिया दिएका छन् । केही दिन अघि नेपाल सरकारको तर्फबाट अर्थमन्त्री जर्नादन शर्माले प्रस्तुत गरेको बजेट व्यवयासी मैत्री नभएको आरोप प्रदर्शनकारीको रहेको छ ।

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

उद्धार उडानको प्रतीक ...

रसुवाकाे गोसाईकुण्डबाट फर्किएर अलपत्र अवस्थाम ...

बाढीका पीडितलाई डब्ल ...

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले रसुवाक ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]