इटहरीको यीप्पील्याण्ड वाटरपार्क बिहिवार बाट पुनः सञ्चालनमा

  • असोज १४, २०७८ / नेपाल रेखा
alt


नेपालरेखा / इटहरी । कोरोना कहरका कारण लामो समय देखि बन्द रहदै आएको पूर्वी नेपालको इटहरीमा रहेको इप्पील्याण्ड वाटर पार्क बिहीबार देखि सञ्चालनमा आउने भएको छ ।

गत वैशाख महिना देखि कोरोना कहरका कारण बन्द रहदै आएको नेपालमै सबै भन्दा वढी वाटर स्लाइड, जिपलाइन, रक क्वाम्बीङ्ग, जुरासिक पार्क लगायतका खेल तथा मनोरञ्जन लिन सकिने इप्पील्याण्ड पुनः सञ्चालनमा ल्याईने कुराको जानकारी वुधवार पत्रकार सम्मेलन मार्फत गराइएको हो ।

243357599_1020269205180765_6172414137368447908_n


पत्रकार सम्मेलनमा लामो समय सम्म बन्द गर्नु परेपनि आफुहरुले केही समय मात्र सञ्चालन गर्दा आन्तरिक तथा छिमेकी मुलुक भारतबाट घुम्न आउनेहरुको संख्या उल्लेखीय रहेका कारण पार्कलाई अझ विस्तार गर्ने तयारी थालेको इप्पील्याण्ड वाटर पार्कका अध्यक्ष भीमबहादुर पौडेलले बताए ।

बैंकसंग ५५ करोड ऋण लिएर वाटर पार्क सञ्चालनमा ल्याएको बताउदै पूर्वी नेपालमा पर्यटन प्रवद्र्धनमा इप्पील्याण्डले विशेष महत्व राख्दै आएकोतर्फ मध्यनजर गर्दै विश्व पर्यटन दिवसको दिन संस्कृति पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयले प्रमाण पत्र प्रदान गरेको समेत पौडेलले पत्रकारहरुलाई जानकारी दिए ।

इप्पील्याण्डका प्रवन्ध निर्देशक ज्ञानविक्रम शाहले पार्कलाई विस्तार गर्दै ओलम्पिक स्तरको अभ्यास र प्रतियोगिता आयोजना गर्न सकिने स्वीमिङ्ग पुल निर्माण गरिने, रात्रिकालिन खेल, आवास लगायत विस्तार योजना रहेको जानकारी दिएका छन् । पुनः सञ्चालनमा आएपछि एक साता सम्मका लागि प्रवेश शुल्कमा छुट दिने समेत पत्रकार सम्मेलनमा बताइएको छ । पार्कमा प्रवेशका लागि काटिने टिकटमा विमाको समेत व्यवस्था गरिएको पार्कका अर्का सञ्चालक विनोद पौडेलले बताएका छन् ।

गत वर्ष फागुन १७ गतेबाट सञ्चालनमा आएर बैशाख महिना सम्म दुई महिना मात्र सञ्चालनमा आउदा ३० हजार मानिसहरु पार्कमा मनोरञ्जनका लागि आएको तथ्याँक समेत पत्रकार सम्मेलनमा जानकारी गराइयो ।
यो पार्कले विश्व पर्यटन दिवसको अवसरमा नेपाल पर्यटन बोर्डबाट विशेष सेवा सम्मान पनि पाएको छ । यो अवसरमा सर्वसाधरणलाई टिकट दरमा छुट दिने निर्णय गरिएको निर्देशक ज्ञानविक्रम शाहले जानकारी दिए ।

 

गोधुली साँझमा माछा म ...

सुनसरीको कोसी गाउँपालिकास्थित नेपाल-भारत सीमामा पर्ने म ...

तीव्र गतिको हावाहुरी ...

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्था ...

वागेश्वरी मन्दिर ...

बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-२ स्थित घरबा ...

एस.ई.ई. स्पिकर प्रति ...

धरान । र्याडिकल लाईट नेपाल प्रा.लि. धरानको आयोजनामा सञ् ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]