राइस मिलको गोदाम सिल गरियो

  • वैशाख २८, २०७७ / "नेपाल रेखा"
alt

लहान । गोलबजार नगरपालिकाको अनुगमन टोलीले नियमविपरीत सञ्चालन गरेको भन्दै एक राइस मिलको गोदाम सिल गरेको छ । गोलबजार नगर उपप्रमुख रेशम थापाको नेतृत्वको सर्पपक्षीय बजार अनुगमन टोलीले पसलको स्वीकृति लिएर राइस मिल सञ्चालन गरेको भन्दै गोलबजार नगरपालिकास्थित शिवनाथ साहको राइस मिलको गोदाम सिल गरेको हो ।

राइस मिलले कुटानी पिसानीको स्वीकृति लिएर पिठो प्याकिङ गरी बिक्री गर्ने गरेको, प्याकिङमा मूुल्य उल्लेख नभएको, उत्पादन मिति र समाप्ती मिति उल्लेख नभएको पाइएपछि गोदाममा सिल गरिएको उद्योग व्यापार सङ्घ गोलबजारका अध्यक्ष भरत अग्रवालले जानकारी दिनुभयो ।

यस्तै अनुगमन टोलीले गोलबजारमा सञ्चालित विभिन्न किराना पसलमा गरेको अनुगमनको क्रममा दररेटअनुसार सामान बिक्री वितरण नभएको, म्याद गुज्रेको सामान बिक्री वितरण भइरहेको, लकडाउनको पालना, नियमानुसार व्यवसाय सञ्चालन भइरहेको पाइएको अध्यक्ष अग्रवालले बताउनुभयो ।

त्यस्तो लापरवाही गर्ने व्यापारीलाई पहिलोपटकका लागि सचेत गराइएको र अबदेखि कमीकमजोरी पाइए कारवाही गर्ने उहाँको भनाइ थियो । लकडाउनको मौका छोपी व्यवसायी खुलेआम कालोबजारी गरिरहेको जनगुनासो बढेपछि अनुगमनलाई प्रभावकारी बनाउँदै त्यस्ता कालाबजारी गर्ने र अखाद्य वस्तु बिक्री वितरण गरी सोझासाझा उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष खेलवाड गर्ने जो–कोहीलाई पनि काडा कारवाही गर्ने गोलबजारका उपप्रमुख थापाले बताउनुभयो ।

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

उद्धार उडानको प्रतीक ...

रसुवाकाे गोसाईकुण्डबाट फर्किएर अलपत्र अवस्थाम ...

बाढीका पीडितलाई डब्ल ...

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले रसुवाक ...

प्रभावित जिल्लामा तत ...

काठमाडौँ । सरकारले आपत्कालीन व्यवस्थापनका लागि प्रभावित ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]