खाद्य कम्पनीबाट तराईमा २० हजार क्विन्टल चामल बिक्री

  • वैशाख २६, २०७७ / "नेपाल रेखा"
alt

काठमाडौँ । लकडाउनका समयमा तराईका नौ जिल्लामा खाद्य व्यवस्था तथा व्यापार कम्पनीको कार्यालयबाट २० हजार ४११ क्विन्टल चामल बिक्रीवितरण भएको छ । दुर्गम जिल्लामा मात्र बिक्री हुुँदै आएको कम्पनीको चामल लकडाउनका कारण तराइका जिल्लामा समेत बिक्री हुन थालेको कम्पनीले जनाएको छ ।

“तराइका जिल्लाहरूमा कम्पनीको खाद्यान्न बिक्री हुने गरेको थिएन, हामीले भण्डारण मात्र गरेर राख्ने गरेका थियौँ”, कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपानेले भन्नुभयो, “तराईमा राखिएको भण्डारणबाट विभिन्न दुर्गम जिल्लाहरूमा खाद्यान्न पठाउने गरेका थियौँ तर लकडाउनको समयमा पर्याप्त मात्रामा खाद्य पदार्थको बिक्रीवितरण भएको छ ।”

उहाँका अनुसार चामल बिर्तामोडमा ८३९, विराटनगरमा चार हजार ८५५, लहानमा चार हजार ५८८, वीरगञ्जमा ७३०, तुलसीपुरमा तीन हजार १३६, सुर्खेतमा चार हजार २८, नेपालगञ्जमा ९०१, राजपुरमा ६६८ र धनगढीमा ४०९ क्विन्टल चामल बिक्री भएका छन् ।

लकडाउन अवधिमा काठमाडौँ उपत्यकाका बिक्री काउन्टर थापाथली, रामशाहपथ, नख्खु, लगनखेल र सूर्यविनायक बाट चार हजार ९२० क्विन्टल चामल, दुई हजार ९५३ किलो सिमी, २३८ किलो फापर र ९६ किलो दाल बिक्री भएको छ । कम्पनीले गत चैत २६ गतेदेखि अनलाइनमार्फत चक्रपथभित्र समस्यामा परेका उपभोक्तालाई ध्यानमा राख्दै दैनिक तीन भ्यानमार्फत खाद्य पदार्थ अनलाइन बिक्रीवितरण गर्दै आएको छ ।

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

उद्धार उडानको प्रतीक ...

रसुवाकाे गोसाईकुण्डबाट फर्किएर अलपत्र अवस्थाम ...

बाढीका पीडितलाई डब्ल ...

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले रसुवाक ...

प्रभावित जिल्लामा तत ...

काठमाडौँ । सरकारले आपत्कालीन व्यवस्थापनका लागि प्रभावित ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]