ताप्लेजुङ्गका अग्नी पीडितलाई ६४ हजारको राहत सामाग्री बाँडियो

  • वैशाख २५, २०७७ / "नेपाल रेखा"
alt

इटहरी । इटहरी क्षेत्रमा रहेर विपतका घडीमा सामाजिक कार्यमा सक्रियतापूर्वक योगदान गर्दै आएको क्वीक रेस्क्यु टिम नेपालले ताप्लेजुङ्गको फुङलिङ्गं बजारका अग्नी पीडितहरुलाई राहत सामाग्री पु¥याएको छ ।
गत शुक्रबार राति ताप्लेजुङ्ग सदरमुकाम फुङलिङ्गं बजारमा भएको आगलागी पीडितहरुका लागि इटहरीबाट खाद्यान्न ओढ्ने लगायतका राहत सामाग्री लिएर पुगेको क्वीक रेस्क्यु टिम नेपालले २९ परिवारलाई राहत सामाग्री ताप्लेजुङ्ग इसाइ समाजको सहयोगमा हस्तान्तरण गरेको हो ।
लकडाउनको समय भएपनि अग्नी पीडितहरुलाई केही सहयोग उपलव्ध गराउने लक्ष्यसहित अग्नी पीडित क्षेत्र पुगेर चामल, ब्लांकेट, चिनी, खाने तेल, नुनजस्ता उपभोग्य वस्तुहरु उपलव्ध गराएको क्वीक रेस्क्यु टिम नेपालका अध्यक्ष विक्रम बर्णवास एक्तेनले जानकारी दिए । उनले अग्नी पीडितहरुलाई प्रतिपरिवार २ वटा व्लांकेट, १५ केजी चामल, १ केजी चीनी, १ केजी नुन, १ लिटर खाने तेल, १ केजी दाल वितरण गरेको हो । बिभिन्न ईसाइ समाजका पदाधिकारीहरुबाट संकलन गरिएको रकम ६४ हजार ३ सय ६० रुपौया बराबरको सामाग्रीहरु हस्तान्तरण गरेको अध्यक्ष एक्तेनले बताए ।

सिमरा सेजको चार सय न ...

वीरगञ्ज । सिमरास्थित विशेष आर्थिक क्षेत्र (सेज) प्राधिक ...

ट्राफिक नियम उल्लङ्घ ...

काठमाडौँ । के तपाईँ ट्राफिक नियम उल्लङ्घनमा परेपछि प्रह ...

नेपालका प्रजनन स्वास ...

काठमाडौँ । अष्ट्रेलियाको मेलबर्नमा चार दिनसम्म चलेको वि ...

स्वयम्भूनाथमा भक्तजन ...

२५७०औँ बुद्धजयन्तीका अवसरमा आज काठमाडौँको स्व ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]