एकल महिला, सुत्केरी र अपाङ्गता भएकालाई राहत वितरण

  • वैशाख २५, २०७७ / "नेपाल रेखा"
alt

सुन्दरहरैंचा । सहारा नेपाल बचत तथा ऋण सहकारी सस्ंथाले सुरु गरेको ‘एकका लागि एक अभियान’ अन्तरगत बिहीबार मोरङको सुन्दहरैचा ४ मा राहत वितरण गरिएको छ । लकडाउनको बेला कुनै पनि नागरिक भोकै बस्नु नपरोस् भनी संस्थाले राहात बितरण गरेको हो ।
वडा नं ४ चरिगुवाका मजदुरी गर्ने १९, एकल महिला ११, विरामी तथा सुत्केरी ५ र अपागङता भएका ४ गरि ३९ घर परिवारलाई वडा अध्यक्ष शैलेन्द्र श्रेष्ठको अगुवाईमा वितरण गरिएको हो ।
संस्थाका प्रबन्धक ओम प्रकाश साह, गोठगाँउ शाखा प्रमुख शान्ता काफ्ले कर्मचारीहरु सरिता कोइराला, रोजु बस्नेत, सुरज ढकाल, दीपा राजवंशी, वडा अध्यक्ष शैलेन्द्र श्रेष्ठले स्थानीय प्रमोद निरौलालाई राहत कुपन हस्तान्तरण गरी कार्यक्रम शुभारम्भ गरेका थियो । राहत समाग्रीमा २५ केजी चामल, २ केजी दाल, १ लिटर तेल र २ पिस नुहाउने र लुगा धुने साबुन रहेको शाखा प्रमुख शान्ता काफ्लेले जानकारी दिइन् ।
हस्तान्तरण कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी मोरङ सुन्दरपुरका शाखा सभापती बद्री पेशकार, चरिगुवा टोल विकास संस्थाका अध्यक्ष चन्द्रकला चौधरी, संचारकर्मी सुमन पुरी, सिटी मार्ग निर्माण उपभोक्ता समिति सचिव प्रबिण काफ्ले लगायतको उपस्थिति रहेको थियो ।

आज महाअष्टमी पर्व मन ...

काठमाडौँ।आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी प ...

गोरखा दरबारबाट विधिप ...

गोरखा । बडादसैँको सातौँ दिन शनिवार गोरखा दरबारको दसैँघर ...

पूर्ण लोकतन्त्रको सङ ...

– सरोजकुमार मिश्र मधेसी समाजमा एउटा निकै प्रचलित ...

आज फूलपाती भित्र्याइ ...

काठमाडौँ । नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा न ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]