घरघरमा मल र बीउ पुर्याउँदै साना किसान सहकारी

  • वैशाख २३, २०७७ / "नेपाल रेखा"
alt

झापा । झापाको भद्रपुर नगरपालिका वडा नम्बर–४ मा क्रियाशिल साना किसान सहकारी संस्थाले आफ्ना शेयर सदस्य तथा अन्य किसानको घर घरमै आवश्यक मल बीउ पु¥यान सुरु गरेको छ ।
कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले घोषणा गरेको लकडाउन लम्बिदै जाँदा किसानलाई बर्खेखेतीका लागि आवश्यक पर्ने मल, बीउ सहकारीले घर–घरमा पु¥याउन थालेको हो ।

किसानलाई बर्खेबाली लगाउन सहज होस् भनेर संस्थाले आफ्ना सदस्य र गैरसदस्य किसानको घर–घरमा मल, बीउ पु¥याउन थालेको संस्थाका अध्यक्ष मदनबहादुर बस्नेतले बताएका छन् । “सेवा क्षेत्र रहेको भद्रपुर वडा नं ४, ६ र ७ का किसानलाई घरघरमै मल र बीउ पु¥याउन शुरु गरिएको छ”, उहाँले भन्नुभयो, “लकडाउनका बेला किसानलाई केही भए पनि सहयोग मिल्ने विश्वास छ ।”

संस्थाले पहिलो चरणमा २०० बोरा डिएपी मल र १०० बोरा उन्नत जातको धानको बीउ सहुलियत मूल्यमा उपलब्ध गराएको छ । संस्थाले कृषि सामग्री संस्थान दमकस्थित कार्यालय र वीरगञ्जबाट मल, बीउ ल्याएर वितरण गरेको हो । समयमै मल, बीउ उपलब्ध गराउन नसकिए उत्पादन घट्ने भएकाले थप मल, बीउ ल्याएर वितरण गर्ने योजना रहेको संस्थाले जनाएको छ ।

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

उद्धार उडानको प्रतीक ...

रसुवाकाे गोसाईकुण्डबाट फर्किएर अलपत्र अवस्थाम ...

बाढीका पीडितलाई डब्ल ...

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले रसुवाक ...

प्रभावित जिल्लामा तत ...

काठमाडौँ । सरकारले आपत्कालीन व्यवस्थापनका लागि प्रभावित ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]