धनकुटाको जितपुर बजार अनुगमन

  • वैशाख २१, २०७७ / "नेपाल रेखा"
alt

धनकुटा । धनकुटाको महालमक्ष्मी नगरपालिकाको जितपुर बजारमा धनकुटा उद्योग बाणिज्य संघले व्यापारी तथा उपभोक्ताहरुलाई सुरक्षित समाग्री वितरण गर्दै बजार अनुगमन गरी महालक्ष्मी नगरपालिकाका प्रमुखसंग छलफल गरेको छ ।
दैनिक उपभोग्य सामाग्रीहरुको निर्यात, आयात र मौजाद तथा मूल्यको अवस्था लगायत विविध बिषयमा धनकुटाको जितपुर बजारका पसलहरुमा अनुगमन गर्दै माश्क, सेनिटाईजर, पञ्जा लगायतका सुरक्षित समाग्रीहरु धनकुटा उद्योग बाणिज्य संघले वितरण गरेको हो ।
धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई, कार्यकारी सदस्यहरु नवीन श्रेष्ठ, महेन्द्र थापा, नेपाल निर्माण व्यावासायी संघ धनकुटका जिल्ला उपाध्यक्ष प्रकाश राई, सञ्चारकर्मी सहितको टोलीले जितपुर बजारका व्यापारी तथा व्यावसायी र उपभोक्ताहरुलाई माक्स तथा सेनिटाईजर, पञ्जा वितरण गरेका थिए ।
जितपुर बजारमा अनुगमन तथा सुरक्षित तथा स्वास्थ्य सामाग्रीहरु वितरणसंगै महालक्ष्मी नगरपालिकाका मेयर पर्शुराम नेपालसंग धनकुटा उद्योग बाणिज्य संघको उक्त टोलीले कोरोना भाईरस विरुद्धको अभियान र महालक्ष्मी नगरपालिकाका बजार क्षेत्रमा दैनिक उपभोग्य सामाग्रीहरुको अवस्था र आयात तथा निर्यातको विषयमा छलफल गरी परामर्श समेत गरेको छ ।
महालक्ष्मी नगरपालिकाका मेयर पर्शुराम नेपालले अहिल महालक्ष्मी नगरपालिका भित्र दैनिक उभोग्य तथा अत्यावाश्यक समाग्रीहरु पर्याप्त रहेकोले कुनै समस्या नभएको बताए ।

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

उद्धार उडानको प्रतीक ...

रसुवाकाे गोसाईकुण्डबाट फर्किएर अलपत्र अवस्थाम ...

बाढीका पीडितलाई डब्ल ...

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले रसुवाक ...

प्रभावित जिल्लामा तत ...

काठमाडौँ । सरकारले आपत्कालीन व्यवस्थापनका लागि प्रभावित ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]