वीरगन्ज नाकाबाट १० महिनामा २० अर्ब ७९ करोडको खाद्यान्न आयात

  • जेठ २०, २०८३ / नेपाल रेखा
alt

वीरगन्ज । वीरगन्ज नाका हुँदै चालु आर्थिक वर्षको १० महिनामा २० अर्ब ७९ करोड मूल्यको खाद्यान्न आयात भएको छ ।
गत आवको सोही अवधिको तुलनामा चालु आवमा यो नाका हुँदै हुने आयात मूल्यमा तीन अर्ब ८७ करोड अर्थात् १५ प्रतिशतले गिरावट आएको वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले जानकारी दिनुभयो ।
गत आवको १० महिनामा यहाँबाट २४ अर्ब ६६ करोड मूल्य पर्ने १६ थरिका खाद्यान्न आयात गरिएको थियो ।
चालु आवमा १० अर्ब ९४ करोड मूल्य पर्ने धान, पाँच अर्ब ३१ करोड मूल्यको मकै आयात र दुई अर्ब ८५ करोडको चामल आयात भएको छ । यसैगरी ५९ करोड मूल्यको माल्ट र ३३ करोड मूल्य बराबरको फापर, कोदो र अन्य खाद्यान्न आयात भएको सूचना अधिकारी विष्टले जानकारी दिनुभयो ।

हुलाकलाई ‘सरकारी कुर ...

काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिना ...

कांग्रेस महाधिवेशन प ...

नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्र्तगत शुक ...

सिद्धपोखरी बजार ...

सङ्खुवासभाको चैनपुर नगरपालिका-३ स्थित सिद्धपो ...

पाककला प्रशिक्षण ...

सुनसरीको इटहरीमा जारी सीप तथा रोजगार मेलाको चौथो ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]