इटहरी गोल्डकप आजदेखि – एफसिनाइजेरिया र युवा समाज मोरङबीच प्रतिस्पर्धा

  • चैत ३०, २०८२ / नेपाल रेखा
alt

इटहरी । सुनसरीको इटहरीमा आजदेखि १६ औँ संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण रेडबुल इटहरी गोल्डकप फुटबल प्रतियोगिता सुरु हुँदैछ ।
आयोजक राष्ट्रिय जागृति क्लबको आयोजनामा इटहरीस्थित रङ्गशालामा आज साँझ ६ः३० बजेदेखि रात्रिकालीन रूपमा सञ्चालन हुने प्रतियोगिताको उद्घाटन खेलमा जस्ट जोन एफसिनाइजेरिया र युवा समाज मोरङबीच प्रतिस्पर्धा हुनेछ ।
आजदेखि सुरु भई आगामी वैशाख ७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपाल र भारतका गरी आठ टोलीको सहभागिता रहनेछ । प्रतियोगिताका विजेताले १० लाख र उपविजेताले पाँच लाख पुरस्कार प्राप्त गर्ने कार्यक्रम संयोजक अनुरोध थापाले बताउनुभयो ।
प्रतियोगितामा सर्वाधिक गोलकर्ता खेलाडीलाई २५ हजार प्रदान गरिने छ । त्यसैगरी, सर्वोत्कृष्ट खेलाडीलाई एक लाख प्रदान गरिनेछ भने विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीलाई २० हजार तथा ‘म्यान अफ दी म्याच’ घोषित खेलाडीलाई १० हजार पुरस्कार प्रदान गरिने संयोजक थापाले जानकारी दिनुभयो ।
प्रतियोगिताअन्तर्गत आगामी वैशाख १ गते मच्छिन्द्र क्लब काठमाडौँ र झापा–११ फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । त्यसैगरी, वैशाख २ गते राष्ट्रिय जागृति क्लब, इटहरी र सातदोबाटो युथ क्लब, ललितपुरबीच खेल हुनेछ । वैशाख ३ गते प्लानिङ ब्वाइज, काठमाडौँ र भारतको युनाइटेड खर्साङ एफसीबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।
पहिलो चरणका विजेता टोलीहरूबीच वैशाख ४ र ५ गते सेमिफाइनल खेल सञ्चालन गरिनेछ भने प्रतियोगिताको फाइनल खेल वैशाख ७ गते हुनेछ । गत वर्ष प्रतियोगिताको उपाधि मच्छिन्द्र क्लब, काठमाडौँले जितेको थियो भने चर्च ब्वाइज युनाइटेड क्लब उपविजेता बनेको थियो ।

उद्वार तथा राहतका ला ...

उद्वार तथा राहतका लागि रसुवाको धुञ्चेमा बुधबा ...

मनकारी विद्यार्थीहरू ...

डि पी ढुंगेल मोरङ । रङ्गेली नगरपालिका–१ स्थित श्र ...

शव व्यवस्थापन गरिँदै ...

भोटेकोशी बाढीपछि खोजी तथा उद्धारका क्रममा भेट ...

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]