इटहरीमा पहिलो राष्ट्रिय कोबुदो विशेष ‘किहोन’ सेमिनार सम्पन्न

  • साउन ११, २०८२ / नेपाल रेखा
alt

इटहरी । सुनसरीको इटहरीमा ऐतिहासिक प्रथम राष्ट्रिय कोबुदो विशेष ‘किहोन’ सेमिनार दुई दिनसम्म भव्य रूपमा सम्पन्न भएको छ । नेपालका विभिन्न प्रदेशहरूबाट सहभागी वरिष्ठ प्रशिक्षक तथा खेलाडीहरूको उल्लेखनीय सहभागिता रहेको उक्त सेमिनारले नेपाली कराते खेल क्षेत्रमा थप उपलब्धी हासिल भएको छ ।
दुई दिने सेमिनारमा जापानबाट आएका करातेका ओल्ड ग्रान्ड मास्टर गियो गिबो सहित १२ जना वरिष्ठ प्रशिक्षकहरूले विभिन्न विधामा कोबुदो तथा करातेका विशेष कौशल प्रदर्शन गर्नुका साथै प्रशिक्षण प्रदान गरेका थिए ।
‘शान्ति–मित्रता–एकता’ भन्ने मूल नाराका साथ कार्यक्रम सञ्चालन गरिएको हो । सेमिनारको संयोजन गणेश कटवालले गरेका थिए भने कार्यक्रमको सभापतित्व नेपाल करातेका ग्राण्ड मास्टर मदनकुमार उप्रेतीले गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले खेलकुदको विकासमा खेलाडीहरूको योगदानको उच्च मूल्यांकन गर्दै राज्यबाट अपेक्षित सहयोग पुग्न नसकेको स्वीकार गरे । साथै, प्रदेश सरकारले आगामी दिनमा खेलकुद क्षेत्रलाई प्राथमिकतामा राख्दै विशेष कार्यक्रमहरू ल्याउने प्रतिबद्धता व्यक्त गरे ।
जापानी प्रशिक्षक गियो गिबोले नेपाल–जापान सम्बन्धलाई करातेजस्ता मार्शल आर्टहरूले अझ सुदृढ बनाइरहेको बताउँदै खेलकुदले अनुशासन र स्वास्थ्य प्रवद्र्धनमा ठूलो भूमिका खेल्ने उल्लेख गरे ।
सेमिनारमा संविधानसभा सदस्य किरणकुमार राई, राष्ट्रिय खेलकुद परिषद्का वरिष्ठ प्रशिक्षक कालु मेचे, योगेन्द्र चाम्लिङ, नेपाल कराते महासंघका केन्द्रीय सदस्य मिलनकुमार प्रसाईं, प्रशिक्षक प्रभाकर रानामगर, मिना पाठक लगायतको उपस्थिति रहेको थियो ।
उक्त सेमिनारले नेपाली युवाहरूमा खेलकुदप्रति रुचि थप बढाउने विश्वास आयोजकहरूले व्यक्त गरेका छन् ।

Team

 

उद्वार तथा राहतका ला ...

उद्वार तथा राहतका लागि रसुवाको धुञ्चेमा बुधबा ...

मनकारी विद्यार्थीहरू ...

डि पी ढुंगेल मोरङ । रङ्गेली नगरपालिका–१ स्थित श्र ...

शव व्यवस्थापन गरिँदै ...

भोटेकोशी बाढीपछि खोजी तथा उद्धारका क्रममा भेट ...

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]