संविधानमाथि हमला गर्न खोज्नेविरुद्ध कांग्रेस एकजुट हुनुपर्छ – नेता महर

  • जेठ १८, २०८२ / नेपाल रेखा
alt

ताप्लेजुङ । नेपाली कांग्रेसका नेता नैनसिंह महरले संविधानमाथि हमला गर्न खोज्नेविरुद्ध कांग्रेस एकजुट हुनुपर्ने बताउनुभएको छ । संविधानलाई सङ्कटमा पार्ने प्रयासप्रति गम्भीर चिन्ता व्यक्त गर्दै उहाँले यस्ता गतिविधिको प्रतिवाद गर्नुपर्नेमा जोड दिनुभयो ।
मेरिङदेन गाउँपालिकामा नेपाली कांग्रेसद्वारा आयोजित कार्यक्रममा नेता महरले समावेशी अधिकारसहितको संविधान कांग्रेसकै नेतृत्वमा निर्माण भएको स्मरण गराउँदै त्यसको रक्षा गर्नु पार्टीको जिम्मेवारी भएको बताउनुभयो ।
“समाजमा अराजकता मच्चाउन खोज्ने शक्तिहरूलाई समावेशी नेपालको अवधारणा मन परेको छैन,” उहाँले भन्नुभयो, “जनजाति, दलित, महिलाले पाएको संवैधानिक अधिकार सहन नसकेर ती शक्ति संविधान संशोधनको नाममा वर्तमान व्यवस्थालाई नै सङ्कटमा पार्न लागिपरेका छन् ।”
राजावादीहरूको गतिविधितर्फ सङ्केत गर्दै नेता महरले संविधानको रक्षाका लागि अब सोच्ने र स्पष्ट आवाज उठाउने बेला आएको उल्लेख गर्नुभयो । “नेपाली कांग्रेस संविधानको रक्षा गर्न चाहन्छ, दलित, महिला र जनजातिलगायतका समुदायको अधिकार खोसिएको हेर्न चाहँदैन”, उहाँले भन्नुभयो ।
नेतृत्वमा रहेका कोहीकसैबाट साननतिना गल्ती हुन सक्ने स्वीकार गर्दै नेता महरले त्यो आधारमा सम्पूर्ण पार्टीलाई दोष दिनु उचित नहुने बताउनुभयो । स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्दै समृद्धि हासिल गर्न सकिने विश्वास व्यक्त गर्दै उहाँले समावेशी विकास र आर्थिक समानता कांग्रेसको मुख्य प्राथमिकता भएको बताउनुभयो । लोकतान्त्रिक अभ्यासलाई झुपडीबाट पनि नेतृत्व चयन हुने प्रणालीका रूपमा अझ सुदृढ गर्न कार्यकर्ताबीच ऐक्यबद्धता आवश्यक रहेको उहाँको भनाइ थियो ।

तीव्र गतिको हावाहुरी ...

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्था ...

वागेश्वरी मन्दिर ...

बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-२ स्थित घरबा ...

एस.ई.ई. स्पिकर प्रति ...

धरान । र्याडिकल लाईट नेपाल प्रा.लि. धरानको आयोजनामा सञ् ...

सामाजिक सुरक्षा भत्त ...

सुनसरीको इनरुवा नगरपालिका–१ स्थित एनआईएमबी बैंकअग ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]